काठमाडौं । कास्कीको पोखराबाट आज बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम तर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।
आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो । उक्त जहाजमा १३ नेपाली, चार भारतीयसहित २ अन्य देशका नागरिक रहेका छन् ।

१९ यात्रु बोकेको जहाजका पाइलट प्रभाकर घिमिरे रहेको बुझिएको छ ।




Comments are closed.