तारा एयर विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय जाँच आयोग गठन

काठमाडौं । सरकारले तारा एयरको विमान दुर्घटनाबारे जाँच आयोग गठन गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरिएको हो ।

आयोगको सदस्य सचिवमा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, सदस्यहरुमा क्याप्टेन दीपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ र वरिष्ठ मौसमविद् मणिरत्न शाक्य छन्।

आइतबार बिहान जोमसोमबाट उडेको तारा एयरको नाइन एन एईटी कल साइन विमान मुस्ताङ जिल्लाको थासाङमा दुर्घटनामा परेको थियो । दुर्घटनामा २२ जनाको दुःखद् निधन भएको छ । उक्त विमानमा तीन जना चालक दलका सदस्य, १३ नेपाली, चार भारतीय र दुई जर्मन नागरिक सवार थिए।

footwear zone

विमान प्रतिकूल मौसमका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए ।

You might also like

Comments are closed.