काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन तरकारीको मूल्य तोक्ने गरेको छ । यसले कुन तरकारीको मूल्यमा एकरुपमा ल्याउने विश्वास गरिएको छ ।
आज थोक मूल्यमा प्रतिकेजी औसत १२ रुपैयाँ ३३ पैसादेखि ४७५ रुपैयाँसम्मका तरकारी तथा फलफूल पाइने समितिले जनाएको छ । आज हाइब्रिड काक्रो मूल्य सबैभन्दा सस्तो छ । हाइब्रिड काक्रो आज १२ रुपैयाँ ३३ पैसामा किन्न सकिनेछ भने भने किवि र एभोकाडो सबैभन्दा महंगो ठूलो ४७५ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज ठूलो भारतीय गोलभेडा, ब्रोकाउली, सजिवन, तामा र तोफुलाई प्रतिकेजी ११५ रुपैयाँ, हरियो खुर्सानी, सानो लोकल गोलभेडा र भारतीय मेवालाई प्रतिकेजी ८५ रुपैयाँ, रातो आलुलाई ३४ रुपैयाँ पर्नेछ भने रुख कटहर, गान्टे मूला, ग्याठ कोबी, जिरीको साग, चुकुन्दर, न्यूरो, हरियो प्याज, लोकल गाजर, स्थानीय ज्यपु काउली, सलगम, राजमा सिमी, भटमास, सखरखण्ड र रायोको साग प्रतिकेजी ७५ रुपैयाँ पर्नेछ ।
त्यसैगरी स्थानीय काउली र भेडे खुर्सानी प्रतिकेजी ६५ रुपैयाँ, बन्दा, मकै बोडी, परवल, स्कुस र नेपाली मेवा प्रतिकेजी ५५ रुपैयाँ, डल्लो भन्टा, सिमी, झिगुनी र रातो बन्दा ४५ रुपैयाँ, पालूगो साग र चमसुरको सागलाई १४५ रुपैयाँ, लौका २० रुपैयाँ, तितो करेला र लोकल काक्रो २५ रुपैयाँ, तने बोडी ३२ रुपैयाँ ६७ पैसा, घिरौला २२ रुपैयाँ ३३ पैसा, बरेला ९५ रुपैयाँमा किन्न सकिनेछ ।
त्यस्तै, कन्य च्याउ ३२५ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, कलकत्ते आँप १९० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ, गुन्द्रुक र पुदीना २२५ रुपैयाँ, दसहरी आँप २३५ रुपैयाँ, कागती २२५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, रहु माछा ३२० रुपैयाँ, बचुवामा माछा २९० रुपैयाँ, छडी माछा २५० रुपैयाँ, मुंगरी माछा २८० रुपैयाँमा खरिद गर्न सकिने छ ।
यस्तो छ मूल्यसूची







Comments are closed.