काठमाडौं । ओम मोटोकर्प प्रा.लि. मार्फत नेपालमा विक्री वितरण हुँदै आएको इटालियन ब्राण्ड टारोले यही १९ भदौदेखि १५ कार्तिकसम्म लागू हुनेगरी आफ्नो “४ को चमत्कार, वाइक पनि बचत पनि” अफर सार्वजनिक गरेको छ ।
उक्त अफरअन्तर्गत कम्पनीले आफ्नो ग्राहकहरुलाई उचित छुट दिई, छुटमार्फत बचत पनि हुने उद्देश्यले आफ्नो बाइकहरुमा ३० हजारसम्म नगद छुट तथा स्कूटरको खरिदमा १५ हजार छुटको अफर अघि सारेको छ ।
कम्पनीले वम्पर अफरमा गोला प्रथाबाट १ जना भाग्यशाली खरिदकर्तालाई ५ वर्षको कर छुटको अफर पनि ल्याएको छ । ग्राहकहरुले कम्पनीको शोरुममा गइ Test Ride तथा Pose and Post Campaign अन्तर्गत फोटो खिची लाइक र सेयर गर्दा हात खाली नहुने उपहारसमेत जित्न सक्नेछन् ।

हाल उक्त ब्राण्डको Imola 150 को स्कुटर र GP2 200Cc, GP 1 250 Cc र GP1 400Cc का बाइकहरु नेपाली बजारमा उपलब्ध रहेका छन् । एस.जि ग्रुप अन्तर्गतका बाइक तथा स्कूटर आफ्नो मोटरहेडको शोरुमहरुबाट पनि उपलब्ध हुने व्यवस्था गरेपश्चात आफ्नो ब्राण्डमा ग्राहकहरुको पहुँच यस Italian ब्राण्डमा सहज रुपले हुने विश्वास कम्पनीले लिएको छ ।





Comments are closed.