टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको शोरुम पूर्वको इटहरिमा

इटहरि । टारो व्राण्डका मोटरसाइकल तथा स्कुटरको शोरुम पूर्वको इटहरिमा सञ्चालनमा आएको छ । एस.जी. गु्रप अन्तर्गत ओम मोटोकर्प प्रा.लि.ले गत वर्ष नेपाली बजारमा भित्र्याएको इटालियन डिजाइनमा निर्मित यो ब्राण्डलाई काठमाडौं र हेटौंडा पश्चात पूर्वमा विस्तार गरिएको हो ।

विश्वकर्मा पूजाको विशेष दिनलाई लक्षित गर्दै शनिबार औपचारिक कार्यक्रमबीच शोरुमको उद्घाटन गरियो । कम्पनीका म्यानेजिङ डाइरेक्टर सुदिप घिमिरेले रिवन काटेर शोरुमको उद्घाटन गरेका हुन् ।

आकर्षक लुक्स तथा उच्चतम प्रविधिमा निर्मित टारो व्राण्डका मोटरसाइकल तथा स्कुटरको चासो पूर्व क्षेत्रमा अधिक आएको र ग्राहकको उक्त चाहना पूरा गर्न क शोरुमको विस्तार गरिएको कम्पनीले जनाएको छ ।

footwear zone

टारो व्राण्ड इटालियन डिजाइन र प्रविधिमा निर्मित भई विभिन्न देशमा बिक्री वितरण भइरहेको प्रचलित ब्राण्ड हो । रेस इडिशनमा निर्मित टारोका बाइकहरु तथा स्कुटरहरु नेपाली युवाहरु माझ लोकप्रिय रहने विश्वास कम्पनीको छ । हाल कम्पनीले टारो व्राण्डका GP 2 200, GP 1 250 / GP 1 400 Cc गरी तीन मोडलका वाइक नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । स्कुटरको हकमा १५० CC का दुई मोडल Imola 150 र Alex T9 150 ग्राहकको लागि उपलब्ध गराएको छ । यस ब्राण्डका मोटरसाइकल तथा स्कुटरमा विशेषता स्वरुप CBS Braking, Keyless Ignition, EFI, Under seat exhaust, TFT display, Aerodynamically Built, Projector headlamp लगायत रहेका छन् । कम्पनीले आउने १ महिना भित्र बिक्री पछिको सेवालाई समेत विस्तार गर्ने योजना बनाएको छ ।

दशैं तिहारको अफर अन्तर्गत टारो ब्राण्डको Imola 150 खरीदमा १५ हजार, GP 2 200 खरीदमा ३० हजार र GP 1 250 खरीदमा २० हजार रुपैयाँ छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । बम्पर अफरमा यस अवधिभर खरीद गर्ने ग्राहकमध्ये एक जना भाग्यशाली ग्राहकलाई ५ वर्षको सवारी कर तथा बिमा निःशुल्क गरिने बताइएको छ ।

You might also like

Comments are closed.