टाटा मोटर्स्को नयाँ शोरुम अब भक्तपुरमा

काठमाडौं ।टाटा मोटर्सको आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले भक्तपुरमा नयाँ शोरुमको स सुरु गरेको छ ।
प्रा.लि.का तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राणा तथा टाटा मोटर्स लिमिटेडका तर्फबाट पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्र द्वारा संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरेका थिए ।शोरुम

उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि. कार्यकारी अध्यक्ष .राणाले सिप्रदीको आफ्नै नयाँ शोरुमहरु खोली ग्राहकहरुलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताए । साथै उक्त नयाँ शोरुमले ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गर्ने समेत जाएका थिए ।

त्यस्तै टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक चन्द्रले पनि ग्राहकहरुको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि आफ्नै शोरुमहरु थप्दैे लगेकोे कुरा बताए ।

footwear zone

उनले ग्राहकहरुलाई विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न नयाँ शोरुमहरुको भूमिका महत्वपूर्ण हुने र यसै क्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले ग्राहकहरुलाई विश्वसनीय मात्र नभई उच्चस्तरीय सेवाप्रदान गर्ने कुरामा आपूmहरु विश्वस्त भएको उल्येख गरे ।

साथै उनले अब नयाँ शोरुमबाट टाटाका अत्याधुनिक विशेषताहरु सहित सुविधा सम्पन्न विद्युतीय तथा आईस सेग्मेन्टका गाडीहरु सुलभ रुपमा ग्राहकहरु सम्म पहुच हुने कुरा समेत व्यक्त गरे ।

नयाँ शोरुम उद्घाटन सँगै टाटा मोटर्स्ले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने नयाँ शोरुममा टाटा मोटर्स्को पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएको छ ।ग्राहकहरुको सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्य स्वरुप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएको छ ।

 

You might also like

Comments are closed.