प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस टि’ मा अत्याधुनिक प्रविधि जडान

काठमाडौं । काठमाडौं उपत्यकाका सडकहरुमा एकदम नयाँ तथा आकर्षक प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस टी’ गुड्न थालेको एक महिना पूरा भएको छ । यात्रुहरुको रोजाईमा परेको यो सार्वजनिक यातायात अब झन् अत्याधुनिक प्रविधि जडित भएर सुरक्षित बनेको बताईएको छ ।

टाटा मोटर्सको प्रिमियम विद्युतीय ट्याक्सीमा सिप्रदीले लोकोन्यावको जिपिएस प्रविधि जडान गरेर फ्लीट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराएको छ । एक्सप्रेस टि का प्रिमियम विद्युतीय ट्याक्सी धनिहरुले अब आफ्नो मोबाइल फोन मार्फत नै आफ्नो गाडी कहाँ कहाँ गुड्यो र कुन रुटमा गुड्यो भनेर हेर्न सक्ने बताईएको छ। विद्युतीय ट्याक्सी को फ्लीट अपरेटरले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गाडी गुडाएको छ भनेर लोकोन्याव सिप्रदीको एप बाट सजिलै हेर्न पाउने छन् ।

जिपिएस जडित गाडी ग्राहकहरुको सुरक्षाका लागि पनि उपयुक्त भएकोले ग्राहकहरुले पनि एक्सप्रेस टी विद्युतीय ट्याक्सीलाई निकै रुचाउने गरेको बताईएको छ ।

footwear zone

टाटा मोटर्स को ‘एक्सप्रेस टी’ विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा संचालकहरुले मन पराएको जनाईएको छ । नयाँ प्रविधि का साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेस ले गर्दा पनि यो विद्युतीय गाडी रोजाईमा परेको हो।

 

You might also like

Comments are closed.