काठमाडौं । टाटा मोटर्स को नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आफ्ना ईभी अर्थात विधुत्तीय गाडी किन्न चाहने ग्राहकका लागि अत्याधिक छिट्टो, सरल र सहज गाडी फाइनान्सिङको सुविधा ल्याएको छ । सिप्रदी तथा सिप्रदीका नेपालभरि फैलिएका आधिकारिक डिलरशिपबाट गाडी खरिद गर्दा सो सुविधा लागु हुने छ ।
विगत २ वर्ष देखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन ईभि र टिगोर ईभि गाडीको ८० प्रतिशतसम्म फाइनान्सिङ अब ३ दिन भित्रै हुने कम्पनीले जनाएको छ । उक्त फाइनान्सिङ नेपालभरि फैलिएका विभिन्न क वर्गका बैंक द्वारा १०.०५ प्रतिशतको न्युनतम ब्याजदरमा उपलब्ध हुनेछन्। टाटा मोटर्सका ईभि गाडीहरुको छिट्टो तथा सरल गाडी फाइनान्सिङ्गको सुविधाका लागि मुलुकभरि फैलिएका एभरेष्ट बैंक, नबिल बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, तथा प्रभु बैंक का संजालबाट उपलब्ध हुनेछन् ।
अहिले को समयमा टाटा मोटर्सका अत्याधिक रुचाईएका ईभी अर्थात विधुत्तीय गाडीले नेपाली बजारबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दै कम्पनिले पनि आफ्नो उत्पादनका साथ ग्राहक सेवालाई पनि उत्कृष्ट बनाउंदै आईरहेको बताइएको छ ।
नेपालकै पहिलो, ठुलो र फैलिएको २० स्थानमा फास्ट चार्जिंङ स्टेशन देखि उच्चस्तरिय २३ स्थानमा सिप्रदीका सर्भिस सेन्टरको विस्तार भईसकेको र आउने दिनहरुको लागि पनि अझ मद्दत पुग्ने गरि यो वर्ष चार्जिंग स्टेशन देखि सर्भिस स्टेशन लाई नेपालको विभिन्न भूभागमा फैलाउने योजना कम्पनीको छ । यो संगै जनशक्तिको दक्षतालाई अझै मजबूत गर्न ईभी लर्निङ सेन्टर तथा ट्रेडिङ सेन्टरको थप निर्माण गर्ने योजना रहेको बताइएको छ ।




Comments are closed.