शुक्रबारदेखि टाटा मोटर्सका शोरूममा ‘एक्सचेन्ज विक- एण्ड’

काठमाडौं ।  असार महिनाको ८ गते शुक्रबारदेखि काठमाडौं लगायत सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुममा ‘एक्सचेन्ज विक-एण्ड’ विशेष एक्सचेन्ज क्याम्प संचालन हुने भएको छ । सो क्याम्प १२ गतेसम्म चल्ने छ । एक्सचेन्ज क्याम्पमा ग्राहकले शोरुममा आएर आफ्ना गाडीसंग टाटा मोटर्सका सर्वाधिक लोकप्रिय विद्युतीय गाडीहरु साटेर फाइदा लिनसक्ने बताइएको छ ।

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाईएका नयाँ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसंग साट्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । उक्त व्यवस्थालाई सहज बनाउने उदेश्यले शोरुममा इन्स्योरेन्स सुविधा, बैंकिंङ सुविधाका साथै गाडी मुल्यांकन गर्न विभिन्न दक्ष मुल्यांकनकर्ताहरुको पनि सहभागिता हुनेछ ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसंग साट्न मिल्ने गरी एउटै शोरुम बाट व्यवस्था गरिएको छ । चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरु पनि रहेका छन् ।

footwear zone

थप जानकारी वा आफ्नो नजिकैको टाटा मोटर्सको शोरुम पत्ता लगाउन सिप्रदीको टोल फ्री नम्बर मा निशुल्क रुपमा सम्पर्क गर्न सक्ने बताईएको छ ।

You might also like

Comments are closed.