काठमाडौं । चाडपर्व अघि नै चाडपर्व भन्दा धेरै फाईदाहरुका साथ विभिन्न आकर्षक उपहारहरु रहेको सिप्रदी तथा टाटा मोटर्सले ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ एक्सचेन्ज क्याम्प ल्याएको छ ।
एक्सचेन्ज क्याम्प आज भदौ १ गते देखि भदौ ५ गते सम्म नेपालभरि रहेका सिप्रदीको टाटा मोटर्स शोरुमहरुमा शुरु भएको छ । शुक्रवार देखि शुरु भएको एक्सचेन्ज क्याम्प शनिबार पनि विभिन्न मनोरन्जनात्मक कार्यक्रमका साथै खानाको पनि व्यवस्था गरिएको छ ।
अहिले नेपाली बजारमा ईभी गाडीहरु प्रति ग्राहकहरुको चासो बढिरहेको छ जसमा टाटा मोटर्सका नयाँ ईभि गाडी प्रतिको रुचि निकै बढ्नुका साथै विक्री पनि त्यहि क्रममा बढिरहेको देखिन्छ । प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्युनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा ईन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरु टाटा मोटर्सका विद्युतीय गाडी संग साट्ने क्रम बढ्दो छ ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्स्चेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने सवारी साधन लाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी संग साट्न मिल्ने गरी एउटै शोरुम बाट व्यवस्था गरिएको छ । ग्राहकहरूलाई विभिन्न रिकन्डिसनहरू जानुको झन्झट आवश्यकता पनिपर्दैन । अब सजिलै एकै ठाउँमा सिप्रदी अस्योर्ड मार्फत उचित मूल्याङ्कन, शोरूममा बीमाको पनि सुविधा भएको हुनाले यसले ग्राहकहरुलाई थप सहजता प्रदान गर्नेछ । चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरु पनि पाईनेछ ।
गाडी मुल्यांकन गर्न पाल्नु हुने ग्राहकले तुरुन्तै उपहार पाउनुका साथै हरेक दिन लक्की ड्र मार्फत ५ जना भाग्यशाली ग्राहकहरुले स्मार्टवाच पनि जित्न सक्नेछन् ।
जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाईएका नेक्सन ईभीसंग साट्न सकिने व्यवस्था छ । गाडीको न्युनतम चार लाखको मुल्यांकन हुनुका साथै एक्सचेन्ज बोनस प्राप्त गर्नसक्ने छन् । एकै ठाउँमा ईन्स्योरेन्सको सुविधा र ८०% सम्म नयाँ गाडी पÞmाइनान्सिङ्गको सुविधा रहेको छ । नयाँ गाडीको बूकिंग तथा मुल्यांकन संगै आकर्षक उपहार र निशुल्क गाडीको थप एक्सेसोरिज ग्राहकले प्राप्त गर्नसक्ने छन् र
यस योजनामा सहभागी भई गाडी खरिद गर्ने ग्राहकलाई सपरिवार सहित पाँच तारे होटलमा डिनर गर्ने व्यवस्था गरिएको छ ।




Comments are closed.