काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि. ले यस २०७९ सालको दशैंलाई थप उत्साहजनक बनाउन “दशैँमा द-सही अफर”ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् ।
आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिन्छ ।साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाईनान्सजस्ता सुविधाहरु पनि रहेका छन् ।

सिप्रदी ट्रेडिङ्गको कमर्सियल भेहिकल बिजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालका अनुसार, “हरेक वर्षझैँ यसपालीको आउदो दशैंलाई लक्षित गर्दै ग्राहकहरुको तर्फबाट अफर सम्बन्धी सकारात्मक प्रतिक्रिया आएका छन् । विशेष गरी ७० प्रतिशतसम्मको फाइनान्सले सबैको हौसला बढाएको उनले जनाएका छन् ।
कुन गाडीमा कुन अफर प्राप्त गर्न सकिन्छ, कहाँ कहाँ पाइन्छ आदि जस्ता विस्तृत जानकारीका लागि फेसबुक पेज “टाटा मोटर्स ट्रक्स एण्ड बसेस नेपाल” हेर्न सकिनेछ ।




Comments are closed.