सर्लाही भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व

सर्लाही ।  जिल्ला भन्सार कार्यालय सर्लाहीले लक्ष्यभन्दा १७६ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७७र७८ मा कार्यालयले रु ३४ करोड ३६ लाख ३८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु ६० करोड ५९ लाख ५४ हजार राजस्व संकलन गरेको कार्यालय प्रमुख राजेशकुमार दत्तले जानकारी दिए । कार्यालयले लक्ष्यभन्दा १७६ प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको हो । भारतबाट भित्रिएका खाद्यान्न र अन्य सामग्रीबाट भन्सार काटेर सो राजस्व संकलन गरिएको भन्सार अधिकृत दत्तले बताए ।

कार्यालयले जिल्लाको मुख्य नाका तथा अन्य शाखा नाकाहरु हुँदै भारतबाट आयात भएका खाद्यान्न तथा अन्य विभिन्न सामग्रीबाट मात्रै सो राजस्व संकलन गरेको हो । कोरोना सङ्क्रमणपछि जिल्लाको नेपाल–भारत सीमामा रहेका सातवटा छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेका छन् ।

footwear zone

मुख्य भन्सार नाका भएर सामानहरु तुलनात्मकरूपमा कम भित्रिँदा पनि राजस्वमा वृद्धि भएको छ । सिमानामा सुरक्षा व्यवस्था कडा पारिएकाले सामान कम भित्रिए पनि राजस्वमा वृद्धि भएको कार्यालय प्रमुख दत्तले बताए ।

You might also like

Comments are closed.