घुम्ती शिविर तथा करदाता शिक्षा

झापा । आन्तरिक राजश्व कार्यालय झापाले सोमबार घुम्ती शिविरमार्फत मेचीनगरका ७२ व्यवसायीलाई संस्थागत स्थायी लेखा नम्बर (पान) उपलब्ध गराएको छ । मेची चेम्बर अफ कमर्सको सहकार्यमा मेचीनगर नगरपालिका–१० स्थित धुलाबारीमा आयोजित घुम्ती शिविर तथा कर शिक्षा कार्यक्रममा राजश्व कार्यालयले उद्योगी तथा व्यवसायीलाई पान नम्बर वितरण गरेको हो ।

आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले करसम्बन्धी कुनै पनि कामका लागि बिचौलिया आवश्यक नभएको बताए । करदातासँग सिधा सम्पर्क स्थापित गरेर परामर्श तथा सेवा प्रदान गर्न कार्यालय सधैँ तत्पर रहेको उनले बताए ।

सङ्घ संस्थामा रहेकालाई व्यक्तिगत पान र व्यवसाय भएकालाई संस्थागत पान दर्ता गर्न श्रेष्ठले आग्रह गरे । कार्यक्रमका अध्यक्ष तथा चेम्बरका अध्यक्ष ललितकुमार बोहोराले कर शिक्षा तथा पान दर्तालगायत कामका लागि मेचीनगरका व्यवसायीले चन्द्रगढीसम्म धाउन नपरोस् भनेर घुम्ती शिविरको आयोजना गरिएको बताए । मुलुककै पुरानो बजारको रुपमा रहेको धुलावारीमा नेपाल बैंक लिमिटेडको स्थापना भएको दशकौँ भइसके पनि त्यहाँबाट राजश्व जम्मा हुने व्यवस्था थिएन तर यहाँको बैंकले आजैदेखि सरकारी कर तथा राजश्व बुझ्ने भएको छ ।

footwear zone

आन्तरिक राजश्व कार्यालय भद्रपुर र मेची चेम्बर अफ कमर्सको पहलमा आज बैंकको प्रबन्धक कृष्ण नेपालसहित व्यवस्थापन समूहसँग कुराकानी गरी राजश्व बुझ्ने व्यवस्था मिलाइएको चेम्बरका अध्यक्ष बोहोराले बताए। यसअघि धुलावारी क्षेत्रका करदाताले विर्तामोड र काँकरभिट्टाको नेपाल बैंक लिमिटेड पुगेर राजश्व बुझाउँदै आएका थिए । प्रमुख कर अधिकृत श्रेष्ठले बैंकले राजश्व जम्माको सुविधा दिएपछि स्थानीय करदाता थप लाभान्वित हुने अपेक्षा गरे ।

You might also like

Comments are closed.