४० लाख रुपैयाँ राजस्व संकलन

खलङ्गा । जिल्ला वन कार्यालय जुम्लाले जडीबुटी संकलनबाट रु ४० लाख राजस्व संकलन गरेको छ । यहाँका आठ स्थानीय तहबाट जडीबुटी व्यापारीबाट सो राजस्व संकलन गरिएको हो । तातोपानी, गुठीचौर र पातारासी गाउँपालिका अरु स्थानीय तहभन्दा बढी जडीबुटी पाइने स्थानीय तहमा पर्छन् ।

विशेषगरी गुठीचौर र पातारासीका नागरिकको मुख्य आयस्रोतको माध्यम नै जडीबुटी संकलन हो । यहाँका पाटनमा जिल्लाभरिका नागरिक नै जाने गर्छन् । कोरोना कहरबीच पनि जटीबुटी संकलनबाट राम्रो कमाइ भएको यहाँका स्थानीयवासी बताउँछन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार कोरोना महामारीकै बीचमा विभिन्न २० प्ररकारका जडीबुटीबाट २० टन २०० क्विन्टल जडीबुटी संकलन तथा निर्यात गरिएको छ । त्यसमा सबैभन्दा बढी धुपी साढे दुई टन निर्यात गरिएको हो । त्यसैगरी सेतक चिनी साढे दुई टन, चिराइतो नौ क्विन्टल, तितेपाती साढे दुई टन, सुनपाती तीन टन, पाखनबेद साढे दुई टन, सुगन्धवाला (सुमायो) एक टन पाँच क्विन्टल निर्यात गरिएको जिल्ला वन कार्यालयका सूचना अधिकारी खड्कबहादुर महतले बताए ।

जिल्लाका ७३ व्यापारीले यो पटक जडीबुटी निर्यात गरेका हुन् । कार्यालयले रु ४० लाख राजस्व संकलन गरेको छ, जसमा जडीबुटी संकलनबापत रु २९ लाख ४७ हजार र घर निर्माणको पुर्जा वितरणबापत रु १० लाख ७६ हजार राजस्व संकलन गरिएको छ । यार्सागुम्बाबाट रु १२ लाख ३० हजार, सेतक चिनीबाट रु चार लाख २० हजार, विषजराबाट रु एक लाख ४१ हजार, धुपीबाट रु ७० हजार, कालादानाबाट रु ५५ हजार ३००, रातो च्याउबाट रु ५५ हजार, पाखनबेदबाट रु एक लाख ८६ हजार, वन लसुनबाट रु २० हजार ५०० पदमचालबाट रु १७ हजार ५०० राजस्व संकलन गरिएको सूचना अधिकारी महतले बताए ।

footwear zone

कार्यालयका अनुसार जुम्लाबाट २० टन जडीबुटी बाहिर निर्यात भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा जुम्लाका आठ स्थानीय तहमा संकलन भएको २० टनभन्दा बढी जडीबुुटी जुम्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको वन कार्यालयले जनाएको छ । पछिल्लो सयमा जडीबुटीले यहाँका स्थानीयवासीको आर्थिक स्रोतमा टेवा पुगेको जडीबुटी व्यापारी दिपक बोहोराले बताए ।

You might also like

Comments are closed.