सञ्चार प्रविधिको प्रयोगले मालपोत कार्यालयको राजश्व वृद्धि

मोरङ ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले मालपोत कार्यालयले सञ्चार प्रविधिको प्रयोगले राजश्व वृद्धि भएको बताएका छन् ।

प्रदेश नं १ स्तरीय भूमिसुधार तथा मालपोत कार्यालयद्वारा आयोजित वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले प्रविधिको प्रयोगका कारण राजश्व वृद्धि भई मालपोत कार्यालयले गत आर्थिक वर्षमा रु ५७ अर्व ५० करोड सङ्कलन गरेको जानकारी दिए । निर्देशक पौडेलले सेवाप्रवाहलाई सुलभ र सरल बनाई नागरिकको विश्वासआर्जनतर्फ ध्यान दिन निर्देशनसमेत दिए ।

सहभागीले पटकपटक सर्भर बन्द हुने समस्याको समाधान एवम् विगत दुई वर्षदेखि जग्गाको मुल्याङ्कन परिवर्तन भएकोले सच्याउन पर्ने सुझाव दिएका थिए ।

footwear zone

गत आर्थिक वर्षमा मुलुकभरका भूमिसुधार तथा मालपोत कार्यालयले १८ लाख लिखत पास गरेका थिए । अन्तरक्रियामा प्रदेशका १४ जिल्लाका २५ वटा भूमिसुधार तथा मालपोत कार्यालयका कार्यालय प्रमुखको सहभागिता रहेको छ ।

You might also like

Comments are closed.