८ महिनामा १० करोड राजश्व संकलन

 

गलकोट । यातायात व्यवस्था कार्यालय बागलुङले चालू आर्थिक वर्षको शुरुवातको ८ महिनामा करीब १० करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ । धौलागिरिका चार जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको यस कार्यालयले ब्लुबुक नवीकरण, सवारी अनुमतिपत्र ९लाइसेन्स०लगायतका शीर्षकबाट ९ करोड ७९ लाख ६४ हजार २८८ रुपैयाँ राजश्व संकलन गरेको छ ।

सवारी करबाट रु सात करोड, तीन लाख ५६ हजार ९९९ बिलबुक तथा सवारी अनुमति पत्रबाट रु एक करोड ४८ लाख, १६ हजार ६५५ सङ्कलन भएको यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी सुरेश श्रेष्ठले जानकारी दिए ।

footwear zone

श्रेष्ठका अनुसार पञ्जीकरणबाट रु दुई लाख ५० हजार ५०० बेरुजुबापत्को रु १९ हजार चार २८, पटके रुट परमिटमार्फत रु ४१ लाख ८९ हजार २०० लगायत विभिन्न शीर्षकबाट उक्त राजश्व सङ्कलन भएको छ ।

You might also like

Comments are closed.