पोखरा । पोखरेली ट्याक्सी सेवा प्रालिको चौथो वार्षिक साधारणसभा भदौ २० गते हुने भएको छ ।
बिहान ७.३० बजे एस.आर. केसी ब्याङक्युट माटेपानीमा साधारणसभा हुने अध्यक्ष प्रकाशमणि तिवारीले जानकारी दिए ।
वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनमा माथि साधारणसभामा छलफल हुनेछ । लेखा परीक्षक नियुक्ति एवं बिनियोजित बजेट तथा कार्ययोजना प्रतिवेदनमाथि पनि साधारणसभामा छलफल हुनेछ ।

सम्पूर्ण साधारण सदस्यलाई कार्यक्रममा उपस्थित हुन प्रालिले आग्रह गरेको छ ।




Comments are closed.