पोखरा ।TB Free World, NYMAT Nepal / Youth For TB Free Gandaki (YFTFG) ले आयोजना गरेकोे प्रदेश स्तरीय युवा सम्मेलनको तयारी पुरा भएको आयोजकले जनाएका छन् । COVID-19 को महामारीको जटिल अवस्थालाई मध्यनजर गर्दै उक्त सम्मेलन भर्चुअल रुपमा जुमबाट 23rd , 24th( ८ र ९ पुष, २०७७)सञ्चालन हुनेछ ।
यस सम्मेलनलाई १५ भन्दा बढी संस्थाहरु, अनलाइन न्युज पोर्टल, इभेन्ट म्यानेजमेन्ट पार्टन र तथा विभिन्न बिश्वबिद्यालय र क्याम्पसमा आधारित संस्थाहरुले साझेदारी गरिरहेका छन् । गण्डकी प्रदेशमा बसिरहेका तथा यस क्षेत्रमा क्षयरोग अन्त्यका लागी योगदान गरिरहेका युवाहरुलाई समुदायस्तरमा समन्वयात्मक रुपले काम गरेर कार्य प्रभावकारिता बढाउँन प्रोत्साहन र उत्साह प्रदान गर्नु सम्मेलनको लक्ष्य रहेको आयोजकले जनाएका छन् । साथसाथै युवाहरुको सिप र क्षमता अभिवृद्धि गर्ने, युवाहरुको सबल र सुगठित सञ्जाल निर्माण गर्ने, तथा स्थानिय र प्रादेशिक तहको ध्यानाकर्षण गराउँने उद्धेश्यहरु रहेका छन् ।
सम्मेलनमा सम्बन्धित क्षेत्रमा ज्ञान भएका ४ जना प्रस्तुतकर्ताहरुले आफ्नो दक्षता रहेको विषयहरुमा प्रस्तुति दिनुहुनेछ, भने ६ जना युवाहरुले ‘युथ डिक्लेरेसन टु इन्ड टिवी‘ को ६ वटा प्राथमिकताहरु बारेमा आफ्नो प्रस्तुति दिने बताईएको छ ।सम्मेलनमा १०० भन्दा बढी सहभागीहरु, साझेदार संस्थाका प्रतिनीधिहरु, अतिथीहरु गरेर १५० भन्दा बढीको सहभागीता रहनेछ ।

क्षयरोगले युवाहरुको जमातलाई पारिरहेको बढ्दो प्रभाव र युवाहरुमा भएको क्षयरोग अन्त्यका लागी कार्य गर्न सक्ने क्षमतालाई मध्यनजर गर्दै TB Free World, NYMAT Nepal / Youth For TB Free Gandaki (YFTFG) ले गण्डकी प्रदेस सहित देशभरी विभिन्न कामहरु गर्दै आइरहेका छन् ।




Comments are closed.