चिया उत्पादनको १९७ वर्षपछि चियाको प्रतीकचिह्न दुई देशमा दर्ता

मङ्गलबारे । विश्वका दुई देशमा नेपाली चियाको ट्रेडमार्क चिह्न दर्ता भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

उनले चिया उत्पादनको १९७ वर्षपछि अमेरिका र भारतमा नेपाली चियाको लोगो दर्ता भएको जानकारी दिएका हुन् । । “भारत र अमेरिकामा नेपाली चियाको लोगो दर्ता भइसकेको भए पनि सम्झौताको हार्ड कपी आउन बाँकी रहेको छ”, उनले भने, “औपचारिक रुपमा हार्ड कपी नआए पनि सम्झौता सम्पन्न भइसकेको छ ।”

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्रथम चौमासिकको प्रगति समीक्षा कार्यक्रममा उनले भारत र अमेरिकामा नेपाली चियाको लोगो दर्ता भइसकेकाले चिया किसानलाई ढुक्क हुन आग्रह गरे ।

footwear zone

इलाम नगरपालिका–२ मा स्थित चिया विस्तार आयोजना जस्बिरेमा भएको कार्यक्रममा कायकारी निर्देशक डा भट्टराईले अब ५० रोपनीमाथि जमीनमा चिया रोप्ने किसानलाई ५० प्रतिशत अनुदान दिने बताए ।

विश्व बजारमा नेपाली चिया नेपालको लोगोमा जान थालेपछि आउने दिनमा चियाको माग बढ्ने भएकाले यसको तयारी थाल्न किसानलाई आग्रह गर्दै उहाँले विश्व कजारमा नेपालबाट चियाको भन्दा कफीको बढी माग आउने गरेको बताए । उनले नेपालमा वार्षिक ६ मेट्रिक टनमात्र कफी उत्पादन हुने गरेको भए पनि १९ मेट्रिक टन कफीको माग रहेको बताए । ५० हजार कफीका बिरुवा उत्पादन गर्ने किसानलाई समेत ५० प्रतिशत अनुदान दिइने उनको भनाइ थियो ।

इलाम नगपालिकाका प्रमुख महेश बस्नेतले विश्व बजारमा चियाको जति धेरै माग बढ्छ उति नै धेरै गुणस्तरीय चिया उत्पादनमा किसान लाग्नुपर्ने बताउँदै १९२० मा तत्कालीन बडाहाकिम गजराजसिंह थापाले इलाममा चिया रोपण गरेर लगाएको गुन तिर्न चिया रोपेकै स्थानमा उनको सालिक निर्माण गरेको जानकारी दिए ।

चियाको राजधानी इलाम भए पनि यहाँकै किसानले उचित मूल्य नपाएको र यसका लागि बेलाबेलामा आन्दोलन र धर्नालगायत कार्यक्रम गरेरमात्र चियाको मूल्य पाउने गरेकाले यसतर्फ स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिनुपर्नेमा किसानले जोड दिँदै आएका छन् ।

You might also like

Comments are closed.