काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा अल्को वेभ प्रा.लि.ले ‘द ब्यारोन एक्स्ट्रा प्रिमियम’ ह्विस्की सार्वजनिक गरेको छ । गत मंसिरबाट बजारमा आएको यो ह्विस्की देशभरको बजारमा पुगिसकेको कम्पनीले जनाएको छ ।
५ वर्ष पुरानो स्कचको प्रयोग गरी बनाइएको द ब्यारोन एक्स्ट्रा प्रिमियमले छोटो समयमा नेपाली उपभोक्ताहरुको विश्वास जित्न सफल भइसकेको कम्पनीका सिओओ रमेश कन्थामनेनीले बताए ।
‘तीन वटा स्कच मिलेर बनाइएको यो ह्विस्की युनिक प्याकेजिङमा बजारमा उपलब्ध छ,’ उनले भने, ‘प्याकेजिङ र टेष्ट राम्रो भएकाले बजारमा आएको छोटो समयमा ग्राहकबाट राम्रो प्रतिक्रिया पाएका छौं ।’ द ब्यारोन एक्स्ट्रा प्रिमियमको मूल्य ७५० एमएलको ११२०, ३७५ एमएलको ५६० र १८० एमएलको २८० रुपैयाँ कायम गरिएको छ ।

देशभरका सय भन्दा बढी डिलरबाट ह्विस्की बजारमा उपभोक्तामाझ पुगिरहेको कम्पनीका मार्केटिङ म्यानेजर मिलन भण्डारीले आर्थिक आवाजलाई जानकारी दिए । ‘यो रेन्जमा बजारमा उपलब्ध ह्विस्कीहरु मध्ये द ब्यारोन उत्कृष्ट रहेको बजारबाट प्रतिक्रिया पाइरहेका छौं,’ भण्डारीले भने ।
बजार प्रवर्दन गर्दै द ब्यारोन एक्स्ट्रा प्रिमियम’
कम्पनीले बजार प्रवद्र्धन गर्न डिलर, होलसेल तथा रिटेल मिट कार्यक्रम गरेको छ । राजधानी काठमाडौं उपत्यकाको ३ ठाउँमा कार्यक्रम सम्पन्न भइसकेको भण्डारीले जानकारी दिए । कुटुम्ब ब्याण्डको सांगीतिक कार्यक्रमसहित भक्तपुरमा, विश्व नेपाली र जादुगर (मनोज त्रिपाठी)को उपस्थितिमा धुलिखेलमा र सुगम पोखरेल एण्ड बाजागाजाको सांगीतिक कार्यक्रमसहित काठमाडौंमा डिलर, होलसेल तथा रिटेल मिट सम्पन्न भइसकेको छ ।

कार्यक्रममा होलसेल र रिटेल व्यवसायीहरुको उपस्थिति थियो । ‘अन्य ठाउँमा पनि छिट्टै कार्यक्रम गर्नेछौं,’ उनले भने । काठमाडौं बाहिर स्थानीय ब्याण्डहरुको कार्यक्रमसहित डिलर, होलसेल तथा रिटेल मिट कार्यक्रम भइरहेको उनले जानकारी दिए । मध्यम वर्गका उपभोक्तालाई लक्षित गरी कम्पनीले यो ह्विस्की बजारमा ल्याएको हो ।
कम्पनीबाट उत्पादित रेगुलर ब्यारोन र ब्लुफिन जिन पनि बजारमा बिक्री भइरहेका छन् । ब्लुफिन भोड्का यही महिनाभित्र बजारमा ल्याउने तयारी कम्पनीले गरेको छ । आगामी दिनमा २५ र ३० युपिका ब्राण्डसमेत बजारमा ल्याउने तयारीमा कम्पनी रहेको बताइएको छ । कम्पनीको उद्योग कञ्चनपुरको कृष्णपुरमा छ ।
कार्यक्रमका झलकहरु









Comments are closed.