एक्ससेलट्रिप नेपालको ग्रुपले पोखराको द कल्चर रिसोर्टमा २५ करोड लगानी गर्ने

पोखरा । कोभिडको विषम परिस्थिति बिच पनि नेपालकै पहिलो अनलाइन ट्राभल एग्रिगेटर एक्ससेलट्रिप नेपालको ग्रुपले पोखराको नर्थ लेकसाइड सेदीमा अवस्थित द कल्चर रिसोर्टमा २५ करोड लगानी गर्ने भएको छ।

कल्चर रिसोर्टका प्रवन्ध निर्देशक प्रकाश कार्कीले एक्ससेलट्रिप नेपालको ग्रुपसँग सहकार्य गर्न आफु निकै उत्साहित भएको बताए। यो सहकार्यले रिसोर्टलाई थप सुविधा सहित नयाँ उचाइमा पुर्याउने कार्कीले बताए।

लगानी थप सँगै रिसोर्टले स्विमङ पुल, रुफ टप बार, साउना स्टिमसँगै बैठक तथा तालीम, सेमिनारका लागि हलको ब्यवस्था गर्नेछ । हाल ६ रोपनी रहेकोमा १२ रोपनी थप गरि विभिन्न संरचना बनाइने बताइएको छ।

footwear zone

उत्तरी फेवातालको सुन्दर दृष्य, सुन्दर र सफा कोठा र अन्य मनोरञ्जनात्मक गतिविधिका लागि पनि रिसोर्टमा थप लगानी हुनेछ । यो सहकार्यले आन्तरिक पर्यटनका लागि मात्रै होइन, उत्तरी लेकसाइडकै माहोल बडाउन मद्दत पुग्ने कार्कीले बताए।

गत क्रिसमसमा रामकृष्ण ढकाल र अङ्ग्रेजी नयाँ बर्षमा इन्दिरा जोशीको साङ्गीतिक कार्यक्रम गरेको रिसोर्टले अब देखि हरेक शुक्रबार लाइभ म्युजिकको कार्यक्रम गर्ने बताइएको छ।

पोखरामा अन्तराष्ट्रिय बिमानस्थल बने सँगै चीन, भारत लगायत एसियन देशका पर्यटक आकर्षित हुने अनुमान गरिएको छ । त्यसैले यी पर्यटकका लागि नयाँ सुविधाहरु निर्माण गर्ने सहि समय अहिले नै भएको पनि कार्कीले बताए ।

एक्ससलट्रिप नेपालका संस्थापक तथा सिइओ ज्ञानेन्द्र खाडाले सुविधायुक्त होटल र मनोरञ्जन गतिविधिका लागि कल्चर रिसोर्टसँगको सहकार्य नेपालका मुख्य शहरहरुमा पनि बिस्तार हुने बताए ।

खड्का भन्छन्, हाम्रा अन्तराष्ट्रिय नेटवर्कहरुले पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि विश्व स्तरमा पुर्याउन मद्दत गर्नेछन्ु।

You might also like

Comments are closed.