पोखराको बुलौदीमा ‘द फरेस्ट स्पोर्टस एण्ड रिक्रियसन सेन्टर’

 

पोखरा । युवा व्यवसायी राजेन्द्र बरालको नेतृत्वमा पर्यटकीय नगरी पोखराको वडा नं. ७ बुलौदी नुवारथोकमा द फरेस्ट स्पोर्टस एण्ड रिक्रियसन सेन्टर सञ्चालनमा आएको छ । ५ रोपनी जग्गामा सुविधा सम्पन्न रिक्रियसन सेन्टर सञ्चालनमा आएको छ ।  फुटसल तथा स्पोर्टस बारको सुविधा रहेको रिक्रियसन सेन्टरमा अन्तर्राष्ट्रियस्तरको स्विमिङ पुल पनि छ । ‘२ सय जना भन्दा बढीलाई एकैपटकमा सेवा प्रदान गर्नसक्ने रेष्टुरेन्टको सुविधा छ,’ बरालले भने । 

खेल पारखीहरुलाई लक्षित गरी अन्तर्राष्ट्रियस्तरको फुटसल सेवा सञ्चालनमा ल्याइएको बरालले बताए । ‘सेमि ओलम्पिक स्टाण्डर्ड साइजको स्विमिङ पुल बनाउन सफल भएका छौं,’ बरालले भने । फ्रान्सको म्याजिलाइन प्रविधिको प्रयोग गरी स्विमिङ पुल निर्माण गरिएको उनले जानकारी दिए ।

footwear zone

पोखरामा अन्यत्र भन्दा फरक विशेषतासहित स्पोर्टस बार सञ्चालनमा ल्याइएको बताउँछन् बराल । ‘फुटबल फ्यानहरुलाई विशेष फोकस गरेर स्पोर्टस बार बनाएका हौं,’ उनले भने, ‘यहाँ युवा पुस्ताको आकर्षण हुनेमा हामी विश्वस्त छौं ।’ रिक्रियसन सेन्टरका पाहुनाले पुल स्नुकरको मज्जा पनि लिन सक्नेछन् ।

यसैबीच रिक्रियसन सेन्टरमा होटलसमेत निर्माणको तयारी भइरहेको बरालले जानकारी दिए । ‘२० वटा रुमको होटल बनाउने तयारीमा छौं,’ उनले भने ‘६ महिनाभित्रमा होटल पनि तयार हुनेछ ।’ रिक्रयसन सेन्टरमा हालसम्म ७ करोड रुपैयाँ लगानी भइसकेको र होटल बन्दासम्म लगानी करिब ९ करोड रुपैयाँ पुग्ने उनले बताए ।

द फरेस्ट स्पोर्टस एण्ड रिक्रियसन सेन्टरका केही तस्बिरहरु

You might also like

Comments are closed.