नेवारी संस्कृति बचाउन द भिलेज क्याफेमा ‘इन्द्र जात्रा नेवारी भुये मेला’

काठमाडौं । गैरनाफामूलक संस्था सवा नेपालद्वारा सञ्चालित द भिलेज क्याफेले इन्द्र जात्राको अवसरमा ‘इन्द्र जात्रा नेपारी भुये (भोज) मेला’ आयोजना गरेको छ । झम्सीखेलको एलाकोट भवनमा रहेको क्याफेले नेवारी परम्परा र संस्कृतिलाई बचाउने लक्ष्यसहित मेला आयोजना गरेको महाप्रवन्धक गजेन्द्र मल्लले जानकारी दिए । मेला अवधिभर इन्द्रजात्रा विशेष आर्ट प्रदर्शनीसमेत हुनेछ ।

असोज १ गते शुक्रबार सुरु हुने मेला असोज ५ गतेसम्म सञ्चालन हुनेछ । शुक्रबार दिउसो एक कार्यक्रमबीच मेलाको मेलाको उद्घाटन हुनेछ । मेला अवधिभर हरेक दिन दिउसो ३ बजेदेखि ५ बजेसम्म एउटा समूह र साँझ ६ देखि ८ बजेसम्म अर्को समूहले नेवारी संस्कृति झल्कनी सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्ने मल्लले जानकारी दिए । पहिलो दिनमा लाखे नाच, नेवारी म्युजिकसँगै भीमे डान्ससमेत हुनेछ । भुये सफल बनाउन नेपाल पर्यटन बोर्ड लगायतका संस्थाको पनि साथ रहेको मल्लले जानकारी दिए ।

‘मेला अवधिभर नेवारी खानाका २३ परिकारको स्वाद पस्कने व्यवस्था गरेका छौं,’ मल्लले भने, ‘नेवारी संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनको लक्ष्यसहित आयोजित कार्यक्रम उपलब्धीपूर्ण हुने विश्वास गरेका छौं ।’ सवा नेपालमा आबद्ध होमबेस दिदी बहिनीहरुले नै पकाएको परिकार उनीहरुले ग्राहकलाई पस्कनेछन् । गत वर्ष कोरोनाका कारण इन्द्रजात्रा मनाइएको थिएन् । यस वर्ष असोज ३ गते इन्द्रजात्रा मनाइदैछ ।

footwear zone

द भिलेज क्याफेले नेवारी परिकार र यमरीका लागि विशेष पहिचान बनाउन सफल छ । लकडाउन र निशेधाज्ञाका कारण केही समय बन्द रहेको क्याफे नयाँ व्यवस्थापनसहित पुनः सञ्चालनमा आएको हो ।

क्याफेमा यमरी, नेवारी खाना तथा खाजाका परिकार, मौलिक खानाका परिकारसहित ग्राहकको अर्डर अनुसार खाना तथा खाजा क्याफेमा तयार हुन्छ । सेलरोटी, चटामरी, बारा, हाकुछोइला पनि क्याफेमा उपलब्ध छ । ‘पूर्ण पारिवारिक वातावरणमा हामीले अतिथिलाई स्वागत गर्दै आइरहेका छौं,’ मल्लले भने, ‘यहाँको स्वाद धेरैले मन पराउनु भएको छ । आगामी दिनमा यसको लोकप्रियता अझै बढ्नेमा हामी विश्वस्त छौं ।’ पार्टी तथा भोजका लागि परिकार अर्डरसमेत गर्न सकिने उनले जानकारी दिए ।

रेष्टुरेन्ट सञ्चालन गरिरहेको सवा नेपाल सामाजिक संस्था हो । सवा नेपालले देशभर ४ हजार भन्दा बढीलाई सिपमुलक तथा उत्पादनमुलक तालिम दिएर सक्षम तथा आत्मनिर्भर बनाएको छ । तालिम प्राप्त सबै महिलाहरु सवा नेपालको मेम्बर छन् । सवा नेपालबाट तालिम प्राप्त महिलाहरुले उत्पादन गरेका कृषि सामग्रीको क्याफेमा प्रयोग हुने गरेको मल्लले जानकारी दिए । ‘रेष्टुरेन्टमा प्रयोग हुने सामान सवा नेपालका मेम्बरमार्फत ल्याउने गरेका छौं,’ मल्लले भने, ‘जसले गर्दा महिला उद्यमी तथा गृहणीहरुले उत्पादन गरेका सामानहरुको बजारीकरण तथा प्रवद्र्धनमा पनि सहयोग मिलेको छ ।’

You might also like

Comments are closed.