स्थानीय उत्पादन प्रर्वधनका लागि द भिलेज क्याफेमा ‘मौलिक खाना मेला’ 

काठमाडौं । झम्सीखेलमा रहेको द भिलेज क्याफेमा ‘मौलिक खाना मेला’ हुने भएको छ । बिहीबार पत्रकार सम्मेलनगरि मेलाको वारेमा जानकारी दिइएको हो । ग्यास्ट्रोनमी टुरिजम एसोसिएसन अफ नेपालसँग समन्वय गरेर मेला आयोजना गरिएको हो । मेला असोज १५ देखि १७ गतेसम्म चल्नेछ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा मेला हुन लागेको हो ।

स्थानीयस्तरमा उत्पादन गरिएका सामग्री प्रयोग गरेर खाना पस्कने उद्देश्यले मौलिक खाना मेला आयोजना गरिएकोे क्याफेका महाप्रवन्धक गजेन्द्र मल्लले जानकारी दिए । नेवारी मात्र नभई नेपाली मौलिक खानालाई प्रवद्र्धन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको मल्लले बताए ।

महिलाको सीप र क्षमतालाई रेष्टुरेन्टको टेवलमा ल्याएर पस्कने काम द भिलेज क्याफेले गरेको नेपाली फुड गुरु सुरेशचन्द्र बस्नेतले बताए । शुरुवातको समयमा क्याफेको लागि आवश्यक पर्ने सामान घरबाट नै ल्याएर पनि संचालन गरिएको प्रोडक्सन म्यानेजर हरिदेवी श्रेष्ठले जानकारी दिइन् । मौलिक तथा रैथाने उत्पादनलाई नै प्राथमिकता दिएको उनले बताइन् ।

footwear zone

रैथाने एग्री प्रडक्टस्ले ३७ जिल्लाबाट स्थानीय तथा रैथाने उत्पादनलाई संकलन गरि प्रवर्दन गरिरहेको रैथाने एग्री प्रडक्टस्का कम्पनी सचिव आर बि राईले बताए । पर्यटन प्रवद्र्धनका लागि रैथाने उत्पादन अति नै आवश्यक बनिसकेको उनले बताए ।

मेलामा हरेक दिन फरक फरक मेनु रहेका छन् । असोज १५ गतको मेनुमा माछाको सेकुवा, वारा, खुट्टाको सुप, ग्रिन सलाद, काला नमक राइस, काला मास, फर्सी, भिन्डी, साग फ्राइ, टमटरको अचार, कालिजको मासु, लमटर पनिर ग्रेभी, गुन्द्रुक साधेको परिकार रहनेछन् भने डिजर्टमा दही र योमोरी रहनेछ ।

त्यसैगरि मेलाको दोस्रो दिन मसरुम, चिकेन र बफ छोइला, बदाम, भटमास साधेको खुट्टीको सुफ सलाद, झिनुवा मसिना राइस, कालो मसुरो, काउली आलु, करेला फ्राइ, साग साधेको, मिक्ड अचार, हेम्प सिग पिकल, गुन्द्रुक साधेको, लोकल चिकेन ग्रेभी, मटर पनिर ग्रेभी, दही, यमोरी लगायतका परिकार रहनेछन् । मेलाको अन्तिम दिन फापरको चटामरी, खुट्टी सुप, आलु साधेको, क्वाँटी सलाद, काला नुनियाँ राइस, खोष्टे रहर, मास कर्कलाकोे तरकारी, तोफु, साग साधेको, गोलभेडा भटमास अचार, मटन ग्रेभी, मटर पनिर ग्रेभी, गुन्द्रुक साधेको, दही र योमरी रहने मल्ले बताए । यस अगाडि इन्द्रजात्राको अवसरमा क्याफेले ५ दिनसम्म मेला आयोजना गरेको थियो ।

झम्सीखेलको एलाकोट भवनमा रहेको द भिलेज क्याफेलाई गैर नाफामूलक संस्था सवा नेपालले सञ्चालन गरिरहेको छ । पुल्चोकमा स्थापना भएको द भिलेज क्याफे २ वर्ष अगाडिबाट झम्सीखेल सरेको हो । सवा

नेपालले देशभर ४५ हजार भन्दा बढीलाई सिपमुलक तथा उत्पादनमुलक तालिम दिएर सक्षम तथा आत्मनिर्भर बनाएको छ । तालिम प्राप्त सबै महिलाहरु सवा नेपालको मेम्बर छन् ।   सवा नेपालबाट तालिम प्राप्त महिलाहरुले उत्पादन गरेका कृषि सामग्रीको क्याफेमा प्रयोग हुने गरेको मल्लले जानकारी दिए । ‘रेष्टुरेन्टमा प्रयोग हुने सामान सवा नेपालका मेम्बरमार्फत ल्याउने गरेका छौं,’ मल्लले भने, ‘जसले गर्दा महिला उद्यमी तथा गृहणीहरुले उत्पादन गरेका सामानहरुको बजारीकरण तथा प्रवद्र्धनमा पनि सहयोग मिलेको छ ।’संस्थाको १५ वटा क्लष्टर छन् ।

 

You might also like

Comments are closed.