गण्डकी टोष्टमाष्टर्स क्लवको अध्यक्षमा बसन्त गौतम

पोखरा । गण्डकी टोष्टमाष्टर्स क्लवको अध्यक्षमा बसन्त गौतम चयन भएका छन्। त्यस्तै, क्लवको उपाध्यक्षमा शिक्षातर्फ विद्या आर कायस्थ, सदस्य विस्तार तर्फ उपाध्यक्षमा प्रकाश रेग्मी, जनसञ्चार उपाध्यक्षमा आदित्यदेव प्रजु, महासचिवमा सुरज गुरुङ, कोषाध्यक्षमा विवेक श्रेष्ठ चयन भएका छन् ।

सदस्यमा महिमा प्रिति शेरचन तथा निवर्तमान अध्यक्षमा बैभव पौडेल रहेका छन् । क्लवले आफुलाई जिम्मेवारी सुम्पिएकोमा धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित अध्यक्ष गौतमले आफ्नो योग्यता दक्षताले भ्याएसम्मको योगदान गर्ने बताए।

नवनिर्वाचित कार्यसमितिलाई क्लवका संस्थापक अध्यक्ष प्रकाशदेव पालिखेले शपथ ग्रहण गराउँदै क्लवको गरिमा उच्च पार्न पदाधिकारीहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा टोष्टमाष्टर्स गिताञ्जली राठौरले टोष्टमाष्टर्स क्लवको मार्गचित्र, उद्देश्य र गतिविधिबारे अवगत गराएकी थिइन्।

footwear zone

त्यस्तै, निवर्तमान अध्यक्ष विप्लव पौडेलले पद हस्तान्तरण गर्दै आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रममा प्रमुख अथिति पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले समाजमा स्थापित व्यक्तिहरु रहेको यो क्लवले आफ्ना सदस्यहरुमा नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.