साहसिक पर्यटनको गन्तव्य क्लिफले शुरू गर्‍यो ‘क्रेन स्वीङ’

काठमाडौं । साहसिक पर्यटनको लोकप्रिय गन्तव्य द क्लिफले नयाँ साहसिक खेल ‘क्रेन स्वीङ’ सञ्चालनमा ल्याउने भएको छ ।

क्लिफले अबको एक साता भित्रमा क्रेन स्वीङ सुरू गर्ने तयारी गरिरहेको क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए ।उनका अनुसार, अहिले स्वीङका लागि आवश्यक पूर्वाधार तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ । ‘अबको ५र६ दिनमा यो खेल सञ्चालनमा ल्याउने सोच छ,’ सञ्चालक कार्कीले भने ।

उनका अनुसार, स्वीङ जमिनको सतहबाट करिब २५० मिटर माथि स्वीङ सञ्चालन हुनेछ । तर यसको डोरी भने १० मिटरको मात्रै हुने सञ्चालक कार्की बताउँछन् ।‘क्लिफमा आएका पाहुनाहरूले फोटो खिच्ने तथा नयाँ अनुभव लिनका लागि यो उचित हुन्छ भन्ने हिसाबले सञ्चालनमा ल्याउन लागेका हौँ,’ उनले भने ।

footwear zone

उनका अनुसार, एसियामा तथा नेपालमा यस्तो किसिमको स्वीङ पहिलो पटक सञ्चालनमा आएको हो ।बालबालिका, महिलाहरूलाई पनि स्वीङ उपयुक्त हुने उनको भनाए छ । स्वीङ खेल्नका लागि २५० रुपैयाँ शुल्क कायम गरिएको छ ।

क्लिफ राजु कार्की नेतृत्वको टिमले पर्वतको कुष्मामा स्काई ग्लाइडिङ, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ ।

You might also like

Comments are closed.