काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा बैंकर तोयाराज अधिकारी नियुक्त भएका छन् ।
फाइनान्सको सञ्चालक समितिको आइतबार बसेको २५६ बैठकले उनलाई सिइओ नियुक्त गरेको हो । ४ वर्षे कार्यकालका लागि नियुक्त भएका उनले सोमबारबाट जिम्मेवारसमेत बहन गरिसकेका छन् ।
बेस्ट फाइनान्स, साबिक कामना विकास बैंक, साबिक कास्की फाइनान्सको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेको अनुभव अधिकारीसँग छ ।

२० वर्षसम्म बैंकिङ क्षेत्रमा काम गरेको अनुभव संगालको अधिकारीको बैंकिङ करिअर माछापुच्छ«ें बैंकबाट सुरु भएको हो ।
फाइनान्सको प्रधान कार्यालय हरिहर भवन पुल्चोक ललितपुरमा छ । मुख्य कार्यालयसहित दशेभर २३ शाखा सञ्जालबाट फाइनान्सले वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।





Comments are closed.