डिजी लिंकद्वारा ट्राफिक प्रहरीलाई मास्क र ट्राफिक बोर्ड प्रदान

तनहुँ । तनहुँको शुक्लागण्डकी–४, दुलेगौंडा हेल्थपोष्टचोकमा मुख्य कार्यालय रहेको डिजी लिंक नेटवर्कले ट्राफिक प्रहरीलाई एन ९५ मास्क र ट्राफिक चेकिङका क्रममा प्रगोग गरिने बोर्ड प्रदान गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत इलाका प्रहरी कार्यालय बेलचौतारामा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुख ट्राफिक प्रहरी सहायक निरिक्षक तेजबहादुर रावललाई बिहीबार ती सामग्री हस्तान्तरण गरिएको हो।

डिजी लिंककातर्फबाट संरक्षक तिर्थराज खनालले तीन थान बोर्ड र ४० थान मास्क प्रदान गरेका हुन् । सो अवसरमा अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुख ट्राफिक प्रहरी सहायक निरिक्षक रावलले डिजी लिंकलाई धन्यवाद दिए । पृथ्वीराजमार्ग निर्माणको क्रममा अत्याधिक धुलो र धुवा रहेकाले ट्राफिक प्रहरीको स्वास्थ्यलाई मध्यनजर गर्दै ४० थान एन ९५ मास्क प्रदान गरिएको प्रबन्धक निर्देशक विवेक वाग्लेले जानकारी दिए ।

footwear zone

सञ्चालन निर्देशक मदन केसीले प्रदान गरिएको सामाग्रीको उचित प्रयोग हुने विश्वास व्यक्त गरे। डिजी लिंकले तनहुँको शुक्लागण्डकी, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, घिरिङ गाउँपालिका र कास्कीको लेखनाथ क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। कम्पनीले यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ।

You might also like

Comments are closed.