त्रिभुवन पार्कको ५० रोपनी जग्गा कौडीको भाउमा भाडामा, सरकार मूकदर्शक

 

काठमाडौं । वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले त्रिभुवन पार्कको ५० रोपनी जग्गा कौडीको भाउमा भाडामा दिएको पाइएको बताएका छन् ।

पार्कको १६६ रोपनी जग्गामध्ये ५० रोपनी जग्गा मासिक प्रतिरोपनी रु नौ हजार १५० पाउने गरी फनपार्क निर्माणका लागि निजी कम्पनीलाई दिएको पाइएको उनले जानकारी दिए। वार्षिक रु ५४ लाखमात्र आउने गरी २० वर्षको लागि सम्झौता गरिएको यो घटनाको छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन मुख्यमन्त्रीसँग माग गरेको मन्त्री श्रेष्ठले सुनाए ।

footwear zone

सरकारी जग्गा कौडीको भाउमा भाडामा लगाएको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न मन्त्रालयले निरन्तर काम गर्ने भएको छ । त्रिभुवन पार्क स्मारक समितिले सो जग्गा एक्सेलसियर इन्फरमेसन टेक्नोलोजी एन्ड ट्रेड कन्सर्टलाई अवैध प्रक्रियाबाट भाडामा दिएको जनाइएको छ ।

पार्कको मन्त्री श्रेष्ठ, सचिव मदन कोइराला र आयोजना प्रमुख विष्णु भण्डारीले अवलोकन गरेका छन् । सस्तो दरमा जग्गामा भाडामा लिएको कम्पनीले पार्क क्षेत्रमा व्यवसाय सञ्चालन गरेको अवलोकनका क्रममा भेटिएको थियो ।

You might also like

Comments are closed.