पोखरा । त्रिवेणी ईन्टरनेशनल कलेज पोखरा–२७ तालचोकको नवनिर्वाचित सञ्चालक समितिको पदस्थापन कार्यक्रम सोमबार सम्पन्न भएको छ । गत पुस १८ गते सम्पन्न कलेजको ५ औं साधारण सभा तथा दोश्रो अधिवेशन बाट निर्वाचित समितिलाई एक कार्यक्रमका विच पदस्थापन गराईएको हो ।
अधिवेशनबाट सुमन भटृराई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका थिए भने कार्यसमिति सदस्यहरुमा बलराम ढकाल, भरत कुमार अधिकारी, हरिबहादुर बुढाथोकी, विनोद लामिछाने, शान्तिदेवी खनाल, सोमनाथ बाँस्तोला र निर्देशकमा मधुसुदन सापकोटा रहेका छन । समितिको सल्लाहकारमा लोकराज ढकाल, रमेश ओझा, विष्णुप्रसाद बराल र राजेन्द्रमणी लामिछाने छन ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुमनमोहन भटृराईले निवर्तमान अध्यक्ष बाबुराम गिरीले संस्थाको माईन्यूट हस्तान्तरण गरी पदस्थापन गराएका हुन ।

कार्यक्रममा बोल्दै अध्यक्ष भटृराईले गुणस्तरीय शिक्षाको लागी सदैव अथक प्रयास गर्दै विद्यार्थी, प्राध्यापक, बोर्ड सदस्य र सञ्चालकहरुसँग सहकार्य गर्दै अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सोही अवसरमा संस्थापक अध्यक्ष बाबुराम गिरीले कलेजको उन्नती र प्रगतीको लागी नयाँ समितिले ऐतीहासीक काम गर्न सफल होओस भन्ने शुभकामना व्यक्त गरेका थिए भने संस्थापक अध्यक्ष राजेन्द्रमणी लामिछानेले कलेजले शैक्षिक गुणस्तर मापनमा नयाँ फड्को मार्दै अगाडी वढ्ने विश्वास व्यक्त गरेका थिए ।
यस्तै पोखरा विश्वविद्यालयका पुर्व उप–कुलपति प्रा.डा. ईन्द्रप्रसाद तिवारीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनको लागी नयाँ समितिले नितिगत सुधार गर्दै अगाडि वढ्ने विश्वास व्यक्त गरेका थिए भने विद्यार्थी कल्याणकारी समितिकी अध्यक्ष मञ्जु कँडेलले व्यवस्थापन समिति र विद्यार्थी कल्याणकारी समितिविच सहकार्यको अपेक्षा गर्दै नयाँ कार्यसमितिले विद्यार्थीहरुको समस्याहरुको हल गर्ने विषयमा उचित पहलकदमी लिने विश्वास व्यक्त गरेकी थिईन् ।
कलेजका अध्यक्ष सुमन मोहन भटृराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख यदुनाथ आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलले गरेका थिए ।




Comments are closed.