पोखरा । तनहुँ सम्पर्क समाज पोखराद्वारा स्थापित तनहुँ रत्न पुरस्कारबाट यस वर्ष तनहुँ सम्पर्क समाज पोखराका आजिवन सदस्य तथा समाजसेवी फणिनारायण पोख्रेल सम्मानित हुने भएका छन्।
यहि फागुन १३ गते समाजको २० औँ स्थापना दिवसको अवसरमा नगद रु १० हजार र ताम्रपत्र सहित सम्मान गरिने भएको हो । समाजका निवर्तमान अध्यक्ष शिवराज पौडेलको संयोजकत्वमा कोषाध्यक्ष जगन्नाथ गौतम र कार्यसमिति सदस्य चित्रबहादुर अधिकारीको ३ सदस्यीय छनौट समितिले पोख्रेललाई सिफरिस गरेको हो ।
तनहुँ जिल्लाको साविक राईपुर गाउँ पञ्चायतका वडा अध्यक्ष, उपप्रधानपञ्च हुँदै प्रधानपञ्चसम्म करिब १५ वर्ष नेतृत्व गरेका ८१ वर्षिय पोख्रेल शुक्लागण्डकी नगरपालिका वडा नं. ११, राइपुर स्थायी ठेगाना भई २०५५ सालदेखि पोखरा ७, माछापुच्छ«ेटोलका अस्थायी बासिन्द हुन्। पोख्रेललाई तनहुँ सम्पर्क समाज पोखरा स्थापनाका साथै तनुड्डेको सुखदुःखमा पु¥याएको योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागिएको संयोजक शिवराज पौडेलले जानकारी दिए ।

२०५९ सालमा स्थापित समाजले विभिन्न दैविक प्रकोप एवम् मानविय सहयोग गर्दै आइरहेको छ भने वित्तिय कारोबारका लागि आफ्ना सदस्यद्वारा मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि. समेत स्थापना गरेको छ ।




Comments are closed.