तनहुँ सम्पर्क समाज पोखराको पदस्थापन कार्यक्रम सम्पन्न

सदस्यहरुलाई उपचारार्थ लाग्ने शुल्कमा छुट सम्झौता

श्रीराम सुवेदी,पोखरा । तनहुँ सम्पर्क समाज पोखराको पदस्थापना कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा समाजको सातौँ साधारण सभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई निर्वाचन समितिका संयोजक श्रीकान्त शर्मा खतिवडाबाट प्रमाण पत्र वितरण गरिएको थियो ।

शनिबार सम्पन्न अधिवेशनबाट भरत केसीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष भुवन पराजुली काफ्ले, उपाध्यक्षमा जसबहादुर गुरुङ, महासचिवमा यामबहादुर सुर्खाली, सचिवमा जगन्नाथ गौतम, कोषाध्यक्षमा राजु भण्डारी निर्वाचित भएका छन्।

footwear zone

यस्तै सदस्यहरुमा चित्रबहादुर अधिकारी, हरिबहादुर थापा, धु्रवकुमार महत, श्रीराम सापकोटा, रमा घिमिरे पौडेल, नारायणप्रसाद भट्टराई, कृष्णप्रसाद सिग्देल र सिता सिग्देल सुवेदी निर्वाचित भएका थिए भने चन्द्रावति वाग्ले अधिकारी र दिपक भट्टराईलाई निर्वाचित कार्यसमितिको पहिलो बैठकले मनोनित गरेको थियो ।

यसैबीच कार्यक्रममा तनहुँ सम्पर्क समाज पोखरा र ग्यालेक्सी हस्पिटल पोखरा १०, बुद्धचोकबीच समाजका सदस्यलाई उपचारमा छुट दिने सम्झौता भएको छ ।

तनहुँ सम्पर्क समाज पोखरा र मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि. पोखरा ८ मा आबद्ध सदस्यहरु र उनका परिवारलाई उपचारमा लाग्ने हस्पिटल शुल्कमा १५ र औषधी शुल्कमा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतामा समाजका नवनिर्वाचित अध्यक्ष भरत केसी, सहकारीका अध्यक्ष चन्द्रविक्रम अधिकारी र हस्पिटलका तर्फबाट सञ्चालक हेमन्त मानन्धर, प्रबन्धक निर्देशक ऋषिराम ढकालले हस्ताक्षर गरेका थिए ।

त्यस्तै कार्यक्रममा समाजका आजीवन सदस्य तथा युआरएलका अध्यक्ष एवम् अन्नपूर्ण प्याथ ल्याबका सञ्चालक ठाकुर प्रसाद पन्तले समाज र सहकारीका सदस्यहरुलाई रक्त परिक्षण शुल्कमा ३० र क्लिनिक शुल्कमा १० प्रतिशत सहुलियत दिने घोषणा गरे । ओम हस्पिटलका सञ्चालक तुलबहादुर रानाले समाजप्रति सदैव सेवा गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा समाजका निर्वाचित अध्यक्ष भरत केसीले पदिय मर्यादा अनुरुप सबैको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै सदस्यको सामाजिक हित विपरित कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

समाजका निवर्तमान अध्यक्ष अम्बिकाप्रसाद भट्टराई, निर्वाचन समितिका संयोजक श्रीकान्त शर्मा खतिवडाले निर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए भने निर्वाचन समितिका सदस्य गणेशबहादुर थापाले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य समितिका सदस्य हरिप्रसाद खनालले गरेका थिए ।

You might also like

Comments are closed.