दश महिना धान्न सक्ने विदेशी विनिमय सञ्चिती जरुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सरस्वती बहुमुखी क्याम्पसले “मौद्रिक नीतिः वर्तमान स्थिति र चुनौतीहरु” विषयक खुला छलफलको आयोजना गरेको छ ।

क्याम्पस प्रमुख डा.गोलमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले चालू खाता र शोधनान्तर घाटा बढ्दै गयो भने राष्ट्रको ढुकुटी रित्तिन्छ भनेका छन् ।

उनले दश महिना आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिती हुन सक्यो भने देशको आर्थिक अवस्था मजबुत हुने उल्लेख गरे ।नेपाल उद्योग बाणिज्य महासंघका महाप्रवन्धक गोकर्ण अवस्थीले अहिलेको कमजोर आर्थिक अवस्थाले गर्दा साना तथा मझौला उद्योग सञ्चालन गर्न खोज्ने उद्यमीहरुलाई अत्यन्तै कठिन अवस्था रहेको बताए ।

footwear zone

उनको भनाइ थियो, पूँजी निर्माणमा निजी क्षेत्रको योगदान करिब ७५ प्रतिशत रहेपनि बैंकहरुमा रकम दिन सक्ने अवस्था छैन । चोरी पैठारीका सामानहरु भित्रिन थालेको छ ।

सानिमा बैंकका पूर्व कार्यकारी अधिकृत भुवन दाहालले विश्व अर्थतन्त्रमा वैदेशिक मुद्रा शोधनान्तर स्थिति ३ महिना धान्न सक्ने व्यवहारमा भएपनि नेपालमा ६ महिना थेग्न सक्ने हुनु सकारात्मक भएको टिप्पणी गरे । कार्यक्रम राम खड्काले सञ्चालन गरेका थिए ।

छलफल कार्यक्रममा प्राध्यापकहरु, बैंकिङ क्षेत्रका व्यक्तित्वहरु, स्नातकोत्तर तह विविएम र विविएसका विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । जल्दाबल्दा विषयहरुमा केन्द्रित भइ छलफल कार्यक्रमलाई नियमित रुपमा अघि सार्दै जाने क्याम्पस प्रमुख डा.गोलमान गुरुङले बताए ।

You might also like

Comments are closed.