त्रिविमा बेरुजु नराख्न निर्देशन

काठमाडौं । विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले त्रिविमा आर्थिक अनुशासन कायम गर्दै बेरुजु न्यूनीकरण गर्न कुनै कसुर बाँकी नराख्न सम्बन्धित विभागलाई निर्देशन दिएका छन् ।

आन्तरिक लेखा परीक्षणमा एकरुपता कायम गरी लेखा परीक्षणमा सम्लग्न कर्मचारीलाई बेरुजु फछ्र्यौटमा समन्वयको भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।उनले भने, “हामी शासक होइनौं, सेवक हौँ भन्ने भावनाका साथ सहजीकरण गरेर सम्बन्धित महाशाखाले बेरुजुलाई क्रमशः शून्य अवस्थामा ल्याउन आवश्यक छ ।”

विश्वविद्यालय रजिष्ट्रारको कार्यालयद्वारा आयोजित आन्तरिक लेखा परीक्षण, बेरुजु फछ्र्यौट र सम्परीक्षणसम्बन्धी दुई दिने तालीमको उद्घाटनका अवसरमा उपकुलपति डा. बाँस्कोटाले उक्त निर्देशन दिनुभएको हो । शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले बेरुजु फछ्र्यौट कार्यलाई वार्षिक रुपमा समीक्षा आर्थिक अनुशासन कायम गर्नुपर्ने बताए । उनले समग्र विश्वविद्यालयको आर्थिक क्रियाकलापलाई प्रविधिमा रुपान्तरण (सफ्टवेयर निर्माण) गरेर बेरुजु न्यूनीकरण गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

footwear zone

तालीममा आन्तरिक लेखा परीक्षणलाई व्यवस्थित गर्ने, समग्र बेरुजुको अवस्थाका बारेमा सिंहावलोकन गरी बेरुजु फछ्र्यौटलाई प्रभावकारी कार्यान्वयन गर्ने र सम्परीक्षण कार्यलाई थप व्यवस्थित पार्ने विषयमा छलफल हुनेछ । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पेशल दाहालले विश्वविद्यालयमा आर्थिक पारदर्शिता र अनुशासनको अवस्था विकराल रहेकाले विद्यमान नियम÷कानूनसँग बाजिएका सम्पूर्ण आर्थिक गतिविधिलाई कारवाहीको दायरामा ल्याइने बताए ।

You might also like

Comments are closed.