खस भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ पहिलो भाग सार्वजनिक

 

काठमाडौं । खास भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ पहिलो भाग सार्वजनिक भएको छ । के छ खबर युटुब च्यानलबाट ‘हरामी’ सार्वजनिक भएको हो ।

नारायण दत्त उपाध्यायको निर्देशन, योगेन्द्र कार्कीको छायाँकन तथा सम्पादन रहेको ‘हरामी’ मा नारायण दत्त उपाध्या, किर्ती बहादुर सिंह, मिना जि सि, अनुजा सिंह, नन्द कृष्ण पाण्डे, लगायतका कलाकारको अभियन रहेको छ ।

footwear zone

उक्त खस भाषाकाे पहिलाे हास्य टेलिशृङ्खला ‘हरामी’ मा समाजको सत्यतथ्य र वास्तविकतालाई चिरोफारो गर्दै विद्यामान समस्याहरुको समधान गर्ने उदेश्य अनुसार ब्याङ्गात्मक शैलिमा जनचेतनामुलक सन्देश फैलाउने यस ‘हरामी’ सिरियलले भुमिका निर्वाह गरेको पाइन्छ। खस भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ मा दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गर्ने कोशिस गरिएको र सबैले मन पराउनेमा आफूहरु आशावादी रहेको निर्माण पक्षले बताए ।

You might also like

Comments are closed.