टिभिएसले ल्यायो “साथ छ हाम्रो” योजना

काठमाडौं । कोभिड १९ को दोस्रो लहरले निम्त्याएको असहज परिस्थिति र निराशालाई मध्यनजर गर्दै जीवन यापन सहज बनाउँदै अघि बढ्न टिभिएसले “साथ छ हाम्रो” योजना  ल्याएको छ ।

यस योजना अन्तर्गत टिभिएसको कुनैपनि मोटर्साइकल वा स्कुटरको खरिदमा ८ हजार रुपैयाँ पक्कापक्की डिस्काउन्टको व्यवस्था गरिएको छ । यसैगरि किस्ताबन्दीमा मोटरसाइकल वा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सिमित अवधिसम्म ० % व्याजदरको समेत विशेष सुविधा रहेको बताइएको छ ।

आउँदो केहि समयमा नयाँ आर्थिक बर्षको सुरुवात र कर प्रणालीमा वृद्धि जस्ता कारणले मोटरसाइकल र स्कुटर दुवैको दाम बढ्ने सम्भावना ज्यादा रहेकोले पुरानै र सस्तो मुल्यमा नयाँ साधन किन्ने यो योजना अन्तिम अवसर रहेकाले पनि ग्राहकमा यो योजना निकै नै आकर्षक रहेको र यस योजना देशका सम्पूर्ण टिभिएस सो रुमहरुमा लागु भएको टिभिएसले जनाएको छ ।

footwear zone

टिभिएसका सम्पूर्ण मोटरसाइकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको छ र आफ्नो गुणस्तरीय सेवा, सुविधा र पाटपुर्जाको उपलब्धता कारण पनि नेपाली अटोमोबाइल प्रेमीमाझ टिभिएस् एउटा भरपर्दो नाम बनिसकेको छ । टिभिएसले समय अनुरुप ग्राहकको आवश्यकता र परिस्थिति अनुसार समय–समयमा बिभिन्न योजना तथा एक्सचेन्ज कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

You might also like

Comments are closed.