युनिराइड बन्यो ‘बेष्ट डेब्युट डिलर’

काठमाडौं । टिभिएसको आधिकारिक बिक्रेता बनेको ६ महिनामा नै युनिराइड अटो महालक्ष्मीस्थान ललितपुर उत्कृष्ट डिलर बन्न सफल भएको छ । युनिराइडले स्थापनाको छोटो समयमा नै ‘बेष्ट डेब्युट डिलर’ को उपाधि हात पार्न सफल भएको हो ।

टिभिएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले शनिबार भर्चुअल माध्यमबाट ‘टिभिएस पाइला परिवर्तन’ स्लोगनसहित आयोजना गरेको ‘डिलर मिट’मा युनिराइडलाई उक्त अवार्ड प्रदान गरिएको हो । कम्पनीका डाइरेक्टर दीपक अग्रवालले उक्त अवार्ड प्रदान गरेका हुन् । देशभर रहेका टिभिएसका १ सय ५० भन्दा बढी डिलरहरु मध्येबाट युनिराइडलाई यो अवार्ड प्रदान गरिएको हो ।

footwear zone

शोरुम सञ्चालनमा ल्याएको छोटो समयमा नै कम्पनीको लक्ष्य पछ्याउँदै अगाडि बढिरहेको सन्दर्भमा उक्त अवार्ड पाउँदा निकै खुसी लागेको युनिराइडका सञ्चालक निर्मल सिग्देलले बताए । ‘आगामी दिनमा अझ उत्कृष्ट काम गर्न यो अवार्डले प्रेरणा तथा हौसल्ला प्रदान गरेको छ,’ उनले भने ।

डिलर मिट कार्यक्रममा बोल्दै कम्पनीका डाइरेक्टर अग्रवालले छोटो समयमा नै युनिराइडले सेल्स, सर्भिस र स्पेयर्स पार्टस्मा उत्कृष्टता प्रदर्शन गर्न सफल भएको बताए । ग्राहकको विश्वास जित्न सफल, सामाजिक क्षेत्रमा समेत योगदान लगायतका क्षेत्रका युनिराइडले राम्रो काम गर्न सफल रहेको भन्दै अग्रवालले प्रशंसा गरे ।

युनिराइडले ग्राहकको सुविधालाई मध्यनजर गरी एकै ठाउँबाट सेल्स, सर्भिस र स्पेयर्स पाट्सको सुविधा प्रदान गर्दै आइरहेको छ । टिभिएसको नयाँ बाइक तथा स्कुटर खरिद तथा पुरानो मोटरसाइकल तथा स्कुटर एक्स्चेन्च गर्न युनिराइड ग्राहकको आकर्षण बनिरहेको सिग्देलले बताए ।

You might also like

Comments are closed.