आरटिएफआईबाट सुसज्जित टिभिएस एनटर्कको नयाँ भर्सन पोखरामा

पोखरा । विश्वमा टु ह्विलर र थ्री ह्विलरको प्रतिष्ठित निर्माता टिभिएस मोटर कम्पनीको नयाँ स्कुटर बिएस-भिआई कम्प्लायन्सको टिभिएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल ईन्जेक्शन (आरटिएफआई)लाई मंगलबरा पोखरामा सार्वजनिक गरिएको छ । टिभिएसको लागि आधिकारिक बिक्रेता बतास ब्रदर्स प्राइभेट लिमिटेडको शोरूममा स्कुटरको बिक्री सुरुवात गरिएको हो ।

टिभिएस नेपालका ब्रान्ड एम्बेसेडर कलाकार प्रदीप खड्का र स्वस्तिमा खड्काले स्कुटरको बिक्री शुभारम्भ गरेका हुन् । कम्पनीले बिए–भिआई एफआई प्लेटफार्मको दुई संस्करणहरू विकसित गरेको छ । अर्थात् RTFI (Race Tuned Fuel Injection) र EFI (Ecothrust Fuel Injection) । RTFIटेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिङ सर्तहरूमा एक रमाइलो रेसिङ अनुभवहरुको सुनिश्चित गर्नका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

उक्त अवसरमा बोल्दै बतास ब्रदर्स प्राइभेट लिमिटेडका महाप्रबन्धक राजेश रानाभाटले पोखरामा बिएस–भिआई कम्प्लायन्सको टिभिएस एनटर्क १२५ स्कुटरलाई प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । ‘आरटी–एफआईको अतिरिक्त स्मार्ट स्कुटर एक सबै भन्दा राम्रो वर्गमा स्वामित्व अनुभव प्रदान गर्नको लागी डिजाइन गरीएको हो,’ उनले भने ‘हामी पोखरा र वरपरका क्षेत्रहरुमा हाम्रा युवा ग्राहकको लागी यो सुरुवातसंगै एक सुरुवातदेखि अन्तसम्मको अनुभव प्रदान गर्नको लागी प्रतिबद्ध छौं । जुन टिभिएस एनटर्क १२५ को अनुभवमा विस्तार हुनेछ ।’

footwear zone

टिभिएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर हो र यो उद्योगको पहिलो प्रविधि, अतुलनीय शैली र उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ । स्कुटरले टिभिएस रेसिङ पेडिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शनको गर्व गर्दछ र स्मार्टकनेक्टलाई प्रस्तुत गर्दछ, जुन एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी र अनन्य टिभिएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गर्दछ । स्मार्ट कनेक्टलेफुल्ली डिजिटल स्पिडोमिटर, नेभिगेशन एसिस्ट, टप स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, फोन ब्याट्री स्टे्रन्थडिस्प्ले, लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्ट्रिट र स्पोर्ट लगायतका मल्टि राइड स्टाटिस्टिक मोड जस्ता सुविधाहरूलाई समेटेको बतास ब्रदर्सका प्रवन्धक सन्तोष पोखरेलले बताए ।

टिभिएस एनटर्क १२५ पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन (बिएसभिआई–एफआई) र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ । यो म्याट रेड, मेटलिक ग्रे, मेटालिक रेड, मेटलिक निलोको रंगमा आउँदछ । रेस एडिसन (बिएसभिआई–एफआई) सहित रेड-ब्ल्याक र यल्लो-ब्ल्याक रंगमा उपलब्ध छ, जबकि सुपरस्क्वाड एडिसन कम्ब्याट ब्लु, इन्भिन्सिबल रेडे र स्तिल्थ ब्ल्याक रंगमा उपलब्ध रहेको पोखरेलले जानकारी दिए ।

You might also like

Comments are closed.