विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले नेपालमा टि.भि.एस अपाचे RTR 200 4v को फर्स्ट इन् क्लास राइडिङ्ग मोड्स संगै BS-VI इन्जिन सहितको नयाँ बहु-प्रतिक्षित मोडल नेपालमा सार्वजनिक गर्ने भएको छ। उक्त सार्वजनिक कार्यक्रम यहि भदौ २४ गते The Soaltee Kathmandu मा हुनेछ साथै टिभिएस नेपालको फेसबुक, युट्युब, इन्स्टाग्राम पेज लगायत अन्य बिभिन्न डिजिटल माध्यमबाट गरिने भएको छ।
टिभिएस् अपाचे RTR 200 4V विथ फर्स्ट इन् क्लास राइडिङ्ग मोड्सको बारे कुरा गर्नु पर्दा यसमा ठाउँ, सडक र मौसम अनुसार राइडिङ् मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको छ। यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तिन ओटा मोडहरु रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि परिवर्तन गर्न सक्नेछन्। यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित गर्ने देखिन्छ।
यसैगरी यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको RTFI टेक्नोलोजी युक्त BS-VI compliant इन्जिन रहेको छ। अटोमोबाइल जगतमा RTFI टेक्नोलोजिलाई निकै नै उत्कृष्ट मानिन्छ। यसैगरी BS-VI compliant इन्जिन सहितको अपाचे आर.टि.आर नेपाली मोटरसाइकल प्रेमीले धेरै पहिला देखि नै प्रतीक्षा गरिरहेको पाइन्छ। यस RTFI टेक्नोलोजी युक्त BS-VI compliant इन्जिन अरु कार्बोरेटर इन्जिन भन्दा एकदमै शक्तिशाली रहेको छ, जसले मोटरसाइकलको शक्ति र आयु दुवैलाई बढावा दिएको छ। यसले टि.भि.एसको रेसिंग डि.एन.एको इतिहासलाई थप नयाँ उचाइमा पुर्याएको छ।

यसैगरि यस मोटरसाइकलमा बिल्कुलै पहिलो पटक फर्स्ट इन् सेग्मेन्ट एडजस्टेबल सस्पेन्सन र लिभर रहेको छ भने यसको पुरै ग्राफिक्स रेसिंगलाई नै आधार मानेर डिजाइन गरिएको छ।
आफ्नो ३९ बर्षको गौरवान्वित रेसिङ्ग विरासतलाई बर्करार राख्दै टि.भि.एस् ले विश्वका ६० भन्दा ज्यादा मुलुकहरुमा झन्डै ३ करोड ३५ लाख ग्राहकलाई प्रविधि, शक्ति, सहजता र स्टायलको मामलामा आफ्ना यस अघिका बिभिन्न मोडल मार्फत सन्तुष्ट बनाउँदै आइरहेको छ। र त्यसैलाई निरन्तरता दिदै अनी अन्य मुलुकको सफलतालाई अंगाल्दै, नेपालमै पहिलो पटक, नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले युवा वर्गको चाहनाको मध्यनजर गर्दै फर्स्ट इन् क्लास राइडिङ्ग मोड्स सहितको मोडल नेपालमा लिएर आउन आँटेको हो ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।




Comments are closed.