काठमाडौं । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आजबाट TVS GRAND DASHAIN EXCHANGE MELA को प्रारम्भ गरेको छ। भृकुटीमण्डपमा आयोजना भएको सो मेला असोज ६ गतेसम्म चल्नेछ । यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ उपहारको बर्षाको साथ् ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने छन्।
यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप रु. १० हजार सम्म मुल्याङ्कन पाउने छन् । त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाख सम्म र किनिसके पछि रु.१० लाखसम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्, त्यसको लागि नयाँ सवारी किन्न इच्छुक ग्राहकले tvsnepal.com/Dashain मा जानु पर्ने हुन्छ। यसैगरी 0% व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ। यस अफरमा प्रि-बुकिङ् गरे मात्र पनि ग्राहक हरुको लागि रु २ हजार बराबरको आकर्षक उपहारको व्यवस्था गरिएको छ।
यस योजनाको मुख्य आकर्षणको केन्द्र भनेको एक्सचेन्जमा ई.एम्.आइ अफर रहेको छ, जहाँ ग्राहकले कुनै पनि कम्पनिको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मुल्याङ्कन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम इ.एम्.आइको सुरुवाती दर रु.५ हजार ९ सय ९९ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्ने छन्। यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान इ.एम्.आइ र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको छ। त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्ट राइड गरेमात्र पनि ग्राहकले पक्का-पक्की उपहार प्राप्त गर्ने छन्।

यस दशैं ग्राण्ड एक्सचेन्ज मेलाको उद्घाटन शंकर ग्रुप तथा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले गरेका हुन् । टि.भि.एस् ले सधैं नेपाली अटोमोबाइल प्रेमीको चाहना मध्यनजर गर्दै बजारमा नयाँ र नविनतम प्रविधिका मोटरसाइकल तथा स्कुटर नेपालमा भित्र्याउने गरेको उनले बताए । “नेपालीहरुको महान् चाड बडादशैँको मुखमा आउन आँटेको यस एक्सचेन्ज मेला ले ग्राहकलाई नयाँ सवारी का साथ् बडादशैंमा थप खुसियाली प्रदान गर्नेमा हामी विश्वस्त छौं”, उनल भने ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।




Comments are closed.