काठमाडौं । टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सद्वारा भृकुटी मण्डपमा भएको एक्स्चेन्ज मेला बुधबार सम्पन्न भएको छ । मेलामा ग्राहकको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । हजारौं संख्यामा ग्राहकहरुको उपस्थिति रहेको र टिभिएस मोटरसाइकल तथा स्कुटर बिक्री पनि उत्साहजनक नै रहेको बताइएको छ ।
मेलामा टिभिएसका २२ वटा डिलरहरु सहभागी थिए । सहभागी डिलहरुमध्ये युनिराइड अटो महालक्ष्मीस्थानले सबैभन्दा बढी टिभिएस बिक्री गर्दै प्रथम बन्न सफल भएको प्रवन्ध निर्देशक निर्मल सिग्देलले जानकारी दिए ।
‘मेलामा ग्राहकहरुको उत्साहजनक सहभागिता रह्यो,’ उनले भने, ‘ग्राहकबाट युनिराइडप्रति प्राप्त माया र विश्वासप्रति म आभार व्यक्त गर्दछु ।’ युनिराइडप्रति ग्राहकको आकर्षण दिनप्रतिदिन बढिरहेको प्रवन्धक विकास क्षेत्रीले बताए । जगदम्बा मोटर्सका रिजनल अफिसर सुजित खड्काले युनिराइडले धेरै ग्राहकको विश्वास जित्न सफल भएको भन्दै प्रशंसा व्यक्त गरे ।






Comments are closed.