टिभिएस खरिदमा शाहले जिते १० लाख

काठमाडौं । टिभिएसले ल्याएको ‘टिभिएस ६ प्राइजको सरप्राइज’ योजना अन्तर्गत सप्तरीका राज कुमार शाहले १० लाख रुपैयाँ हात पारेका छन् । उनले टिभिएस अपाचे आरटिआर १६० फोरभी किन्नु अगाडि ७ हजार रुपैयाँ पहिला नै हात पारिसकेका थिए भने खरिद गर्ने क्रममा १० लाख परिणामको धनरासी हासिल गर्न सफल भएका हुन् ।

उक्त उपहार पाउँदा निकै खुसी लागेको बताउँदै उनले टिभिएसलाई धन्यवाद दिए । ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले विभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी विभिन्न आकर्षक उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

गत भदौ १० बाट सुरु भएको यो उपहार योजना सम्पूर्ण चाडपर्वहरुको समापन पछि समाप्त हुनेछ । यस योजना मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध हुने बताइएको छ ।

footwear zone

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरु छन् ।

You might also like

Comments are closed.