काठमाडौं । नेपाली अटो बजारमा बढीरहेको महंगीसँग जुध्न TVS ले ग्राहकहरुको लागि नयाँ योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्याकंन बाट नै downpayment तिरेर नयाँ TVS चढेर जान पाउनेछन् | यसरी exchange गर्दा ग्राहकले मासिक (EMI) न्युनतम मात्र रु. ५,९९९ सम्म तिर्नुपर्ने हुनेछ ।
यति मात्र नभयी ग्राहकहरुले 0% Interest तथा On the spot Exchange को सुविधा पनि पाउनेछन् । यो योजना मुलुकभरिका सम्पूर्ण TVS सोरुमहरुमा उपलब्ध हुनेछ। TVSले ग्राहकलाई मध्यनजरमा राखेर समय समयमा नयाँ योजनाहरु निकालि रहेको हुन्छ । यसका साथै ग्राहकहरुले कुनै बेला पनि TVS को अधिकारिक website https://tvsnepal.com/ मा गएर विभिन्न TVS प्रोडक्ट्स तथा विभिन्न योजनाको बारेमा जानकारी पाउन सक्नेछन् ।
यस योजनाको बारेमा बोल्दै जगदम्बा मोटर्स को नयाँ नियुक्त CEO/Director दिपक अग्रवालले भने ” ग्राहकहरुलाई मोटरसाइकल तथा स्कूटर खरिद गर्न सजिलो बनाउन हामीले यो योजना लीएर आएका हौं। हामी सधैव हाम्रो ग्राहकलाई राम्रो सुविधा दिन तत्पर छौ र आगामी दिनमा यस्ता योजनाहरू लिएर आइरहने छौं । ”

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको बताइएको छ ।




Comments are closed.