नयाँ वर्षको उपलक्ष्यमा TVS ले ल्यायो आयो, पायो, पर्यो, सोर्यो योजना

काठमाडौं । हरेक नयाँ वर्षमा आफ्नो ग्राहक र शुभ चिन्तकलाई विभिन्न योजना मार्फत जगदम्बा मोटर्सले स्वागत गर्ने गर्दछ । हरेक चोटि आकर्षक उपहार सहित प्रस्तुत हुने जगदम्बा मोटर्सले यो वर्ष पनि आकर्षक योजना सहित नयाँ वर्षको स्वागत गर्दै छ। जगदम्बा मोटर्सले नयाँ वर्षको रौनक थप्न लिएर आएको छ नयाँ रोचक योजना, “आयो पायो पर्यो सोर्यो” ।

यस योजना अन्तर्गत किने पनि नकिने पनि TVS Nepal को social media मा भाग लिएर हरेक हप्ता ५० हजार रुपैयाँ जित्ने मौका, किन्नु अगाडी tvsnepal.com/newyear मा दर्ता गरेर ५० हजार रुपैयाँ सम्म जित्न पाउने अनि नेपाल भरी TVS को कुनै पनि बिक्रेताबाट TVS को स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाख सम्मको भारी छुट पाउने साथै बम्परमा किने पनि नकिने पनि TVS Nepal को social media मा भाग लिएर ३ जना भाग्यशाली विजेताले Apache RR310 जित्ने मौका पाउनेछन् । साथै हरेक खरिदमा ग्राहकले ०% interest अनि exchange मा मासिक रकम ५ हजार ९ सय ९९ रुपैयाँ तिरेर TVS चढेर जान पाउनेछन् ।

TVS ले नेपाली बजारमा आफ्नो मोटरसाइकल तथा स्कुटर अन्तर्गत विभिन्न मोडलहरूको बिक्री गरिरहेको छ । TVS ले हरेक मोडेलमा ५ वर्षको warranty साथै बिक्री पछि Genuine Parts को सुविधा दिँदै गरेको छन् । अत्याधुनिक फिचर भएको TVSको NTORQ, Apache series र हाल समयमा वितरण सुरु भएको इन्डियाको Motorcycle of the Year 2022 बन्न सफल TVS Raider ले नेपाली बजार मा आफ्नो छाप छोडेको छन् ।

footwear zone

नयाँ वर्षको योजनालाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सको CEO दीपक अग्रवालले TVS लाई नेपाली ग्राहकहरूले रुचाएको र अहिले TVS को बजारमा माग बढेको हुनाले खुशी व्यक्त गर्दै यस नयाँ वर्षको योजनाले ग्राहकलाई मध्यनजर राखेर TVS ले बिक्रिलाई नयाँ उचाईमा पुराउने उद्देश्य रहेको बताए ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरू, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरूको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा रुचाइएको टू–ह्वीलर ब्रान्ड बनेको छ ।

You might also like

Comments are closed.