पोखरा । पोखरामा टिभिएसको ग्राण्ड एक्स्चेन्ज मेला सम्पन्न भएको छ । टिभिएसको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रालिको आयोजनामा गत आइतबारदेखि बिहीबारसम्म मेला भएको थियो । मेलामा १५७ वटा टिभिएस बिक्री भएको प्रालिका प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए ।
१३५ वटा पुराना बाइक तथा स्कुटरको सट्टामा नयाँ टिभिएस एक्स्चेन्ज भएको र २२ वटा टिभिएस शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधासहित बिक्री भएको छ ।
टिभिएस खरिदमा नकिन्दै ५० हजार रुपैयाँसम्म र किन्दा एक लाख रुपैयाँसम्म छुट पाउन सकिन्छ । वा थप १० हजार रुपैयाँ मूल्यांकन तथा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि लिन सकिनेछ ।

टिभिएसको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।




Comments are closed.