काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सको ‘कायापलट’ विशेष योजना अन्तरगत धापासीका भुजेन्द्र सारु मगर एन्टर्क १२५ रि एफ आइ स्कुटर खरिद गर्दा १०० प्रतिशत क्यासब्याक पाउन सफल भएका छन् ।
जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको थियो । बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रा.लि बाट स्कुटर खरिद गरेका मगरले योजनाको आठौं दिन उक्त उपहार पाएका हुन् ।
त्यस्तै, स्याङ्गजा, मनकामना वडा नं ०१ का ईमबहादुर गुरुङले बुटवलको बालाजी अटोमोबाईल्सबाट एन्टर्क १२५ एफआइ स्कुटर नकिन्दै ४ हजार र किनेपछि एक लाख गरि कुल १ लाख ४ हजार हात पारेका छन् ।

त्यस्तै, ललितपुरका असनकुमार राईले पनि बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क १२५ एफआइ स्कुटर खरिद नगर्दै २५ हजार र खरिद पछि एक हजार गरि २६ हजार हात पार्न सफल भएका छन् भने योजनाबारे सोधपुछ गर्ने ८ जना ग्राहकहरुले Realme C30 Smart Phone जितेका छन् ।
कम्पनीका अनुसार यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन् । “कायापलट“ योजना अन्तर्गत नकिन्दै एक लाख र खरिद गरेपछि दस लाखसम्म जित्ने मौका रहेको छ ।
हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई Realme C30 Smart Phone प्रदान गरिन्छ । साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार उपलब्ध गरिनेछ ।
यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा रु ४ हजार २ सयको मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिनेछ । योयोजना देशभर सिमित अवधिको लागि उपलब्ध हुनेछ र विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।
नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।




Comments are closed.