टिभिएसको बेजोड अनि अद्भुत एक्सचेन्ज मेला शुरु

असोज । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले’TVS Great Grand Exchange and Finance Mela’ नामक बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गरेको छ ।

आइतबार (असोज ३०) बाट सुरु भएको मेला कार्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ । मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने छन् ।

मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारीसाधन लिँदा बजार मुल्यांकन भन्दा ७ हजार बढीको मूल्य पाउने छन् । साथै नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुटको पनि व्यवस्था छ ।

footwear zone

यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २ सय ७७ को मासिक इएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन् ।

जगदम्बा मोटर्स प्रा.लि नेपालमा टिभिएसका दुई पांग्रे सवारीसाधनका लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

You might also like

Comments are closed.