टिभिएस युनिराइडमा ‘सिएसपी मिट’

काठमाडौं । टिभिएसको डिलर युनिराइड महालक्ष्मीस्थानमा सिएसपी (सर्टिफाइड सर्भिस पोइन्ट) मिट सम्पन्न भएको छ ।

उक्त अवसरमा बाइकर च्वाइस सुनाकोटी, कार्यबिनायक वर्कसप भैसीपाटी, बिएमडब्लु एकान्तकुना, हरिसिद्धि बाइक मार्टस एण्ड रिपेयर पार्टस हरिसिद्धि, एनएसआर मोटरसाँइकल वर्कसप नखिपोटका प्रतिनिधिको सहभागिता रहेको युनिराइडका सञ्चालक निर्मल सिग्देलले जानकारी दिए ।

उक्त अवसरमा टिभिएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका आदित्य मुन्धरा, बिराज सिंह, राम रोका, राजन खत्री लगायतको सहभागिता थियो । इन्जिनियर राम रोकाले टिभिएसको नयाँ प्रविधिका बारे तालिमसमेत दिएका थिए ।

footwear zone

सेवालाई कसरी राम्रो र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा उक्त अवसरमा छलफल भएको बताइएको छ ।

कार्यबिनायक अटोपार्टसका रोहित खड्कालाई नगदसहित सम्मान गरिएको सिग्देलले जानकारी दिए ।

You might also like

Comments are closed.