काठमाडौंका सबै शोरुममा एकसाथ ‘टिभिएस स्मार्ट एक्स्चेन्ज अफर’

काठमाडौं । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ‘स्मार्ट एक्स्चेन्ज’ अफर सुरु गरेको छ । काठमाडौं उपत्यकाका सम्पूर्ण शोरुमहरुमा एक साथ कम्पनीले यो अफर सुरु गरेको हो । चैत २ गते सोमबार सुरु अफर चैत १३ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ ।

यो अफर अन्तर्गत ग्राहकलाई विशेष छुट प्रदान गरिनेछ । ग्राहकले कुनैपनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्स्चेन्ज गर्न चाहेमा बजार मूल्य भन्दा थप १५ हजार रुपैयाँ बढी मूल्यांकन गरिने कम्पनीले जनाएको छ । त्यसको विकल्पमा नगद छुट १० हजार रुपैयाँ वा शुन्यप्रतिशत फाइनान्स सुविधा पनि लिन सकिनेछ ।

‘पुरानो मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गरी नयाँ स्मार्ट टिभिएस चढ्ने अवसर हामीले ग्राहकलाई प्रदान गरिरहेका छौं,’ जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवाल भन्छन् । यो अफर काठमाडौं उपत्यकाका सम्पूर्ण शोरुमहरुमा लागु हुनेछ ।

footwear zone

टेकु, महाराजगन्ज, कुमारीपाटी, महालक्ष्मीस्थान, कान्तिपथ, कुपण्डोल, नक्साल, भक्तपुर, बनेपा, धादिङ, गार्को, कौशलटार, पेप्सीकोला, बत्तिसपुतली, खुसिबु, रविभवन, बालाजु, तिनकुने, सामाखुसी, नुवाकोट, कीर्तिपुर, बल्खु, सतुङगल, बौद्ध टुसाल, ओखलढुंगा र सानोभर्याङमा रहेका टिभिएसका डिलरहरुका एकसाथ यो अफर तथा मेला सुरु भएको हो ।

देशभर टिभिएसका शोरुमहरु सय भन्दा बढी छन् । गुणस्तरीय उत्पादनहरु, बिक्रिपछिको सेवा, स्पेयर्स पार्टस्का उपलब्धताले टिभिएसप्रति ग्राहकको आकर्षण बढेको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.