काठमाडौं । आफू भित्रको रेसिंग डिएनए प्रस्तुत गर्दै र रेसट्रयाकहरूमा आफ्नो प्रभुत्व जमाउँदैै, विश्वव्यापी रूपमा दुई र तीन पाङ्ग्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता टिभिएस मोटर कम्पनीले आपोलो आल्फा एच१ टायर्स सुसज्जित टिभिएस आपचे आरआर ३१० मोटरसाइकल मार्फत नयाँ भारतीय राष्ट्रिय स्पिड ईन्ड्योरेन्सको किर्तिमान कायम गरेको छ । २४ घण्टे स्पिड ईन्ड्योरेन्स चुनौतीको भागका रूपमा, कम्पनीले एनएट्रयाक्स (एशियाकै सबैभन्दा लामो हाईस्पीड ट्रयाक–एफएमएससीआईद्वारा प्रमाणित), इन्दौरमा ३,६५७.९२ केएमएसको यो किर्तिमान कायम गरेको हो ।
टिभिएस रेसिङद्वारा अदृतीय ट्रयाक वेपनकारपमा निर्माण गरिएको टिभिएस आपाचे आरआर ३१०, यसको असाधारण शक्ति र एजिलिटीका लागि प्रख्यात छ । १७३ किलोमिटर प्रति घण्टाको अधिकतम गति र १५२ किमी प्रति घण्टाको औसत गतिका साथ टिभिएस आपाचे आरआर ३१० ले रेसट्रयाकमा आफ्नो प्रभुत्व प्रमाणित गर्दै आफ्नो विश्वसनियता तथा सुदृढ गरेको हो ।
कम्पनीको ं“ट्रयाक टू रोड” दर्शनको प्रवद्र्धन गर्दै, टिभिएस आपाचे सिरिजले भर्खरै ५० लाख विश्वव्यापी बिक्रीको महत्वपूर्ण कोशेढुङ्गा प्राप्त गर्न सफल भएको छ । यसले विश्वव्यापी ग्राहकहरूको विश्वास र वफादारी कमाउँदै सबैभन्दा तिब्र गतिमा बृद्धि हात पार्न सफल प्रिमियम मोटरसाइकलका रूपमा कम्पनीको प्रतिष्ठालाई नयाँ उँचाई प्रदान गरेको छ ।

“यो सफलता नवीनता र कार्यसम्पादनप्रति हाम्रो दृढ प्रतिबद्धताको प्रमाण हो । टिभिएस आपचे आरआर ३१०द्वारा ट्रयाकमा प्रस्तुत असाधारण कार्यसम्पादनले यसको अत्याधुनिक प्रविधि र अटल विश्वसनीयताको प्रमाण दिन्छ । यो हामी सबका लागि गर्वको क्षण हो । ” प्राप्त उल्लेखनिय माइलस्टोनका बारेमा बोल्दै विमल सुम्ब्ली, हेड बिजनेस ( प्रिमियम टिभिएस मोटर कम्पनीले भने, “यो कीर्तिमानी उपलब्धिले टिभिएस आपाचेलाई मोटरसाइकलको संसारमा एक सच्चा च्याम्पियनको रूपमा स्थापित गरिदिएको छ ।”
२४ घण्टे स्पिड एन्ड्योरेन्स चुनौतीका प्रमुख विशेषताहरू
टोलीमा १८ जना चालकहरू सम्मिलित थिए । यिनले ३ ओटो टिभिएस आपचे आरआर ३१० मोटरसाइकलहरूमा रिले गरेका थिए । २४ घण्टे स्पिड ईन्ड्योरेन्स चुनौती जुलाई २, २०२३मा आईएसटि बिहान १०ः०० बजेदेखि सुरु गरिएको थियो ।
चुनौतीकै एक भागका रूपमा, सवारहरूले औसत गति १५२ किमी प्रति घन्टामा कूल ३२२ ल्याप कभर गरेका थिए ।
चुनौतीको समयमा रेकर्ड गरिएको शीर्ष गति १७३ किमी प्रति घन्टा रहेको थियो ।
चुनौतीमा २४ घन्टाको समयमा ३६५७.९२ किलोमिटरको दूरी कभर गरे बापत इन्डिया बुक अफ रेकर्डमा प्रवेश गरेको छ ।
टिभिएस आपाचे आरआर ३१० को असाधारण कार्यसम्पादनमा योगदान गर्ने मुख्य कारकहरू यसको उन्नत एयरोडायनामिक डिजाइन हो ।
रेस व्युत्पन्न पावर प्लान्टले ३४ बिएचपि उत्पन्न गराउँछ । यसले गर्दा चरम परिस्थितिहरू सहन गर्ने क्षमतामा बृद्धिका साथै उच्चतम प्रदर्शन गर्नको क्षमता प्रदान गर्छ ।
जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टिभिएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।





Comments are closed.